देशकै उत्कृष्ट अलैंची निर्यातकर्ता विमलीलाई राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान

देशकै उत्कृष्ट अलैंची  निर्यातकर्ता विमलीलाई राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान

बिर्तामोड । फोकस नेपालले देशकै उत्कृष्ट अलैंची निर्यातकर्ताको रुपमा झापा बिर्तामोड –५ का अलैंची व्यवसायी ओमकृष्ण विमलीलाई राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८ प्रदान गरेको छ ।

 

फोकस नेपालले काठमाडौंमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा विमलीलाई राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८ प्रदान गरेको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले झापा बिर्तामोड –५ का अलैंची व्यवसायी ओमकृष्ण विमलीलाई सम्मान पत्र प्रदान गरेका थिए ।
गत आर्थिक वर्ष २०७७्र÷०७८ मा सबैभन्दा बढी अलैँची निर्यात गरी देशकै उत्कृष्ट अलैंची निर्यातकर्ता भई देशको अर्थतन्त्रमा अभूतपूर्वक योगदान पुर्याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न कृषि, सेवामुलक तथा सामाजिक संघसंस्थामार्फत राष्ट्र विकास, औधोगिक क्षेत्रको विकास तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै विमलीलाई सम्मान गरिएको फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।
विमलीलाई यस अघि नेपाल अलैंची व्यवसायी महासंघको झापाको बिर्तामोडमा भएको चौथो केन्द्रीय महाधिवेशनमा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले आफ्ना पिता देवीप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरेको स्व.देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ता सम्मान प्रदान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष हुन् भने उनी बिर्तामोड –५ मा रहेको ऊँ पाथीभरा स्टोर्सका प्रोपाइटर समेत रहेका छन् ।
विमलीले आफूलाई उत्कृष्ट अलैंची निर्यातकर्ताको रुपमा राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८ प्रदान गरेर अलैंचीको व्यवसायमा लाग्न अझ हौसला प्रदान गरेको भन्दै खुशी व्यक्त गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )