वीरता जेसीजद्वारा क्रिकेट खेलाडीहरुसंग अन्तक्रिया

वीरता जेसीजद्वारा क्रिकेट खेलाडीहरुसंग अन्तक्रिया

बिर्तामोड । वीरता जेसीजले बिर्तामोडको बोस्टन ब्लास्टर्स क्लबमा आवद्ध क्रिकेट खेलाडीहरुसंग अन्तक्रिया गरेको छ ।
स्थानीयस्तरका क्रिकेट खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको वीरता जेसीजकाअध्यक्ष प्रविण खड्काले बताए ।

वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज वाँस्तोलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली क्रिकेटका अन्तर्राष्टि«य खेलाडी तथा अलराउण्डर करण केसीको विशेष आतिथ्य रहेको थियो ।
वीरता जेसीजका कार्यसमितिका पदाधिकारीहरु र बिर्तामोडको बोस्टन ब्लास्टर्स क्लबमा आवद्ध क्रिकेट खेलाडीहरुको सहभागितामा कार्यक्रम गरिएको कार्यक्रम संयोजक आयुससमशेर थापाले जानकारी दिए ।
कार्यक्रममा नेपाली क्रिकेटका अन्तर्राष्टि«य खेलाडी तथा अलराउण्डर करण केसीले लगनशील भएर क्रिकेट खेलमा लाग्न बोस्टन ब्लास्टर्सका खेलाडीहरुलाई सुझाव दिएका थिए । उनले
लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा प्रदेशमै पहिलोपटक काँकरभिट्टामा भएको झापा सुपर लिग क्रिकेट प्रतियोगितामा बिर्तामोडको बोस्टन ब्लास्टर्स क्लबबाट खेल्ने मौका पाएकोमा बोस्टन ब्लास्टर्स क्लबलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोस्टन ब्लास्टर्स क्लबका टिम कोच विनित वाँस्तोला तथा खेलाडीले नेपाली क्रिकेटका अन्तर्राष्टि«य खेलाडी तथा अलराउण्डर करण केसीसंग खेल खेल्ने अवसर पाएको बताए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )