सिम्रिक साकोसमा मोवाइल बैंकिङ सेवा

सिम्रिक साकोसमा मोवाइल बैंकिङ सेवा

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड –४ ले मोवाइल बैंकिङ सेवा शुरु गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रमका बीच मोवाइल बैंकिङ सेवा शुरु गरिएको हो ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष किरण कपुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनशक्ति बिभाग प्रमुख मिनबहादुर अधिकारीले स्वागत गरेका थिए ।
कार्यक्रममा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले औचित्यमाथि प्रकाश पार्दै प्रविधिको उच्चतम् प्रयोग गर्दै आफ्ना शेयर सदस्यको सुविधालाई ध्यानमा राखेर मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको बताए ।
एम बैंकसंगको सहकार्यमा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको बताउँदै उनले गुगल प्लेस्टोरबाट ‘सिम्रिक मोवाइल एप’डाउनलोड गरी मोबाइल बैंकिङ सुविधा लिन सकिने जानकारी दिए ।
कार्यक्रममा एम बैंकका विजनेस अफिसर संजय महासेठले संस्थाका कर्मचारीलाई ‘सिम्रिक मोवाइल एप’डाउनलोड गरी लिन सकिने मोबाइल बैंकिङ सुविधाको बारेमा जानकारी गराएका थिए ।

उनले ‘सिम्रिक मोवाइल एप’मा इ–सेवाका युटिलिटी सर्भिसहरु समावेश भएकाले एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा चलाउन मिल्ने बताए ।
‘सिम्रिक मोवाइल एप’ बाट सदस्यले बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल, इन्टरनेट, टिभी महशुल, इन्श्योरेन्स प्रिमियम, हवाइ टिकटका साथै मोवाइल टपअफ र रिचार्ज गर्न सकिने , बैंकमा समेत पैसा ट्रान्सफर अन्य बैंक तथा वित्तिय संस्थाहरु संग फन्ड ट्रान्सफरको सुविधा, विद्युतिय भुक्तानी (डिजिटल पेमेन्ट सिस्टम) आधारभुत बैंकिङ सुविधा लिन सकिने एम बैंकका विजनेस अफिसर संजय महासेठले बताए ।
‘सिम्रिक मोवाइल एप’ बाट संस्थाका प्रत्येक शेयर सदस्यले संस्थाको कार्यालयमा नगएर पनि आफ्नो खातामा रहेको मौज्दात रकमबारे जानकारी लिन सकिने, खाताको विवरण हेर्न सकिने, आफ्नो खाताको रकम अर्को खातामा सार्न सकिने, रकम झिक्दा तथा जम्मा गर्दा मोबाइलमा जानकारी आउने उनले बताए ।
‘सिम्रिक मोवाइल एप’ मार्फत मोबाइल बैंकिङ सेवाका लागि सदस्यहरुले आफू सदस्य रहेको कार्यालयमा गएर मोबाइल बैंकिङ सेवाका लागि प्रकृया पुरा गरे पश्चात सेवा प्राप्त गर्न सक्ने संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।
त्यस्तै सदस्यहरुलाई ‘सिम्रिक मोवाइल एप’चलाउन, बुझ्न र डिजिटल भुक्तानी प्रक्रियामा जोडिन संस्थाका अध्यक्ष सुवास भट्टराईले आग्रह गरेका छन् ।
अब शेयर सदस्यले घरमै बसेर ‘सिम्रिक मोवाइल एप’ मार्फत मोबाइल बैंकिङ सेवा लिन सक्ने र यसो गर्दा समय को समेत बचत हुने भएकाले मोबाइल बैंकिङ सेवा शेयर सदस्यका लागि उपयोगी हुने उनले बताए ।
कार्यक्रमको सञ्चालन तालिम बिभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )