बिर्तामोडका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षलाई ‘बडी ग्यारेज’ बिर्तामोडको सम्मान

बिर्तामोडका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षलाई  ‘बडी ग्यारेज’ बिर्तामोडको सम्मान

बिर्तामोड । ‘बडी ग्यारेज’ बिर्तामोडले स्थानीय तहको निर्वाचनमा निर्वाचित बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुखसहित पाँच जना वडाध्यक्षलाई सम्मान गरेको छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नवनिर्वाचित प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड –१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे , वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल,वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नं.४ का वडाध्यक्ष राहुल शर्मा ,वडा नं.५ का वडाध्यक्ष रोहित प्रसाईंलाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष अर्जुनकुमार मैनाली, ‘बडी ग्यारेज’का सञ्चालक गोल्डमेडलिष्ट राम दाहाल, ‘बडी ग्यारेज’ बिर्तामोडका सञ्चालक तथा नेपाल वडीविल्डिङ एशोसिएसनका केन्द्रीय सदस्य दीपेन चौधरीलगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुखसहित पाँच जना वडाध्यक्षले बिर्तामोडको खेलकुदको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )