क्षितिज नाट्य प्रतिष्ठानले गर्यो बिर्तामोड र कनकाईका नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान

क्षितिज नाट्य प्रतिष्ठानले गर्यो  बिर्तामोड र कनकाईका नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान

बिर्तामोड । क्षितिज नाट्य प्रतिष्ठान झापाले बिर्तामोड र कनकाईका नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

 

झापाको बिर्तामोड –१ देवीपञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुजाती, बहुभाषी,बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल , उपप्रमुख आशा शर्मा शिवाकोटी , बिर्तामोड –१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे, बिर्तामोड –२ का वडाध्यक्ष किशोर पौडेल, बिर्तामोड –३ का वडाध्यक्ष मदन बुढाथोकी , बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड –६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बिर्तामोड – ७ का वडाध्यक्ष कृष्णअविरल खरेललगायत १० वटै वडाका वडाध्यक्ष र बिर्तामोड –१ का वडासदस्यहरु टेकबहादुर अधिकारी, योगचन्द्र आङबुहाङ, यमुना आचार्य, कमला महरा दर्जीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठान झापाका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले प्रदेश नं.१ को ऐतिहासिक धरोहरका रुपमा रहेको बहुजाती, बहुभाषी,बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको निर्माणका लागि आफ्नो जीवनसाथी स्व. ज्ञानुराम प्रसाईले शुरु गरेको अभियानलाई सफल बनाउन आफू सदैव लागिपर्ने बताइन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बहुजाती, बहुभाषी,बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको निर्माणका लागि कनाकाई नगरपालिकाले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । बिर्तामोड –१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले झापा नाटकघरको निर्माणका लागि सबैको साथ, सहयोग र ऐक्यबद्वताको खाँचो रहेको बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले झापा नाटकघरको निर्माणका लागि आफूले सहयोग गर्ने बताउँदै अरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
सोही कार्यक्रममा बहुजाती, बहुभाषी,बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको निर्माणका लागि शुरु गरिएको एक धुर जमिन सहयोग समर्पण कार्यक्रममा सहभागिता जनाउँदै कनकाई क्याम्पस बिर्तामोडका संस्थापक शिक्षासेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पाँच धुर जमिन बराबरको पाँच लाख पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे भने बिर्तामोडका मेगेन्द्रप्रसाद लिङ्देन र मोहन ओझाले एक –एक धुर जमिन बराबरको एक लाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटकघर निर्माण कार्यका अभियन्ता माधब कल्पितले गरेको केन्द्रीय सदस्य माधव सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )