इटहरीमा सिटी सफारीलाई यस्तो नियम

इटहरी ।  इटहरीमा सिटी सफारीले गुड्न पाउँने तर कुर्न नपाउने भएका छन् । राजमार्गमा सफारीले जथाभावी यात्रु चढाउन तथा ओराल्लन पनि पाउने छैनन् ।

बाटो जाम भएर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको भन्दै प्रशासनले मुख्य राजमार्गमा सफारी गुड्न नदिने निर्णय गरेको थियो । निर्णय पश्चात शुक्रबार सिटी सफारी सञ्चालनहरुले विरोधमा उत्रिएका थिए ।

इटहरी उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले कुरेर बस्न नपाउने सर्तमा सिटी सफारीलाई गुड्न दिने निर्णय गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी अभिचन्द्र रिजालले इटहरीको चोक क्षेत्रमा कामले आएका सफारी गुड्न दिने तर पर्खेर यात्रु हाल्न र सडक जाम गर्न भने नदिने सहमति भएको जानकारी दिए ।

रिजालका अनुसार इटहरीको पूर्वमा रहेको टेंग्रा खोला, पश्चिममा रहेको खेतिखोला, उत्तरमा रहेको बस स्ट्याण्ड र दक्षिणमा रहेको गोल्डेन चोकसम्म सफारीले रोकेर यात्रु बोक्न पाउने छैनन् ।

छलफलमा सिटी सफारी मजदुर संघ, पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय, नागरिक समाज, उपमहानरपालिका, उद्योग वाणिज्य संघ इटहरीका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )