साहित्य कला संस्कृती प्रतिष्ठानद्वारा बिर्तामोडका प्रमुख र उपप्रमुखलाई सम्मान

साहित्य कला संस्कृती प्रतिष्ठानद्वारा बिर्तामोडका प्रमुख र उपप्रमुखलाई सम्मान

बिर्तामोड । साहित्य कला संस्कृती प्रतिष्ठान बिर्तामोडले बिर्तामोड नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई सम्मान गरेको छ ।

साहित्य कला संस्कृती प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवति ढुंगेलको नेतृत्वमा गएको टोलीले बिर्तामोड नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई सम्मान गरेको हो ।
कार्यक्रममा साहित्य कला संस्कृती प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवति ढुंगेलले बिर्तामोड नगरभित्र रहेका अशक्त तथा विपन्न लेखक र लेख्न चाहने इच्छा भएर पनि मञ्च पाउन नसकेका आर्थिक रुपमा सक्षम नरहेका नव प्रतिभाहरुलाई सहयोग गर्ने साहित्य कला संस्कृती प्रतिष्ठान बिर्तामोडको उद्धेश्य रहेको र सो उद्धेश्यलाई साकार बनाउन सहयोग गर्न आग्रह गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईं र उपप्रमुख संग्रौलाले आफूहरुले साहित्य कला संस्कृती प्रतिष्ठान बिर्तामोडले गर्ने हरेक गतिविधीहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )