बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभामा दुई सञ्चारकर्मी सम्मानित

बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभामा  दुई सञ्चारकर्मी सम्मानित

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षता तथा सार्क चेम्वर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए ।

 

कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं. १ अध्यक्ष टिकाराज ढकाल ,आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजाललगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघलाई आर्थिक रुपमा अझ दरिलो बनाउनका लागि भुइँतला तथा पश्चिम र उत्तरको कम्पाउन्डवालको ठाउँमा सटरसहितको कोठा तयार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने, प्रत्येक सपिङमल, कम्प्लेक्स, मार्केट तथा अत्यधिक कारोबार हुने स्थानमा सुझाव पेटिका स्थापना गर्ने, बिर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त साझेदारी तथा समन्वयमा जनचेतनामुलक कार्यक्रम, उत्पादनमुलक कार्यक्रमहरु सञ्चालन गर्ने , बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा रुखबिरुवा राप्ने तथा भद्रपुररोड सडकको बीच भागको रोड डिभाइडरमा पूmलबगैँचा स्थापना गर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै स्थानीय सरकारको समन्वयमा बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न र भएका ठाउँमा मर्मत गर्ने, राति पनि प्रस्ट देखिन सकिने सिसी क्यामेरा थप गर्नका लागि आवश्यक समन्वय गर्ने , बिर्तामोडमा अतिआवश्यक रहेको सार्वजनिक शौचालयको विषयमा अध्ययन गरी मुक्तिचोक क्षेत्रको आसपास, महेन्द्र राजमार्गको नजिक उचित जग्गाको खोजी गरी सार्वजनिक शौचालय स्थापना गर्न कार्यमा नगरपालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय स्तरको व्यापारिक महोत्सव सञ्चालन गर्ने, बिर्तामोडमा अव्यवस्थित पार्किङ, सवारीचापलाई ध्यानमा राखी ट्राफिक प्रहरी, स्थानिय प्रशासनको सहकार्यमा उचित व्यवस्थापनमा पहल गर्ने जनाइएको छ ।
साधारण सभामा दुईजना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने सञ्चारकर्मीहरुमा कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई र आमसञ्चार डटकममा विनोद पाण्डे रहेका छन् ।
उनीहरुलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले गरेको संघका प्रवक्ता सञ्जीव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )