श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको अध्यक्षमा पुनः बस्नेत

श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको अध्यक्षमा पुनः बस्नेत

बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको अध्यक्षमा पुनः राजेन्द्रकुमार बस्नेत चयन भएका छन् ।

मन्दिरको वार्षिक साधारण सभाले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा लिलाबहादुर कटुवाल, महेन्द्रप्रसाद पोखरेल, सचिव डिल्लीप्रसाद पाण्डे, सहसचिव गोविन्द उप्रेती, कोषाध्यक्ष सीता सापकोटा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मनिता वजगाई., योगमाया गौतम, लिलानाथ खत्री, कृष्णप्रसाद ढकाल, बासुदेव पाण्डे, यसोदा उप्रेती, विमला खरेल , हेमन्त ढकाल , प्रेम बस्नेत र नविन सापकोटा रहेका छन् ।
सोही साधारण सभाले चन्द्रबहादुर डाँगीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिका सदस्यहरुमा शारदाप्रसाद थपलिया, मिलन वस्नेत, विष्णु प्रसाई.टहलदास ओली, युवराज कट्टेल, भक्तबहादुर बस्नेत, हरिप्रसाद कडरिया, बेदमाया सिटौला रहेको निर्वाचन समिति संयोजक पदमप्रसाद पोखरेलले जानकारी दिए ।
श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड –२ चारपानेका अध्यक्ष राजेन्द्रकुमार बस्नेतको अध्यक्षता तथा श्रीकृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका गादीपती तथा श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड –२ चारपानेका सन्त जगतनन्दन शास्त्रीजी महाराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्दिरका उपाध्यक्ष लिलाबहादुर कटुवालले स्वागत गरेका थिए ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष शारदाप्रसाद थपलिया,श्रीकृष्ण प्रणामी सत्संङ सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रदेश –१ का अध्यक्ष अनिल ढुंगाना, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिकी अध्यक्ष मिरा अधिकारी ओली ,सद्गुरुश्री देवचन्द्र सदनका अध्यक्ष हरिप्रसाद कडरिया, मन्दिरका सल्लाहकार समिति संयोजक चन्द्रबहादुर डाँगी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको संचालन मन्दिर समितिका सचिव महेन्द्रप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )