जिल्ला खेलकुद विकास समिति झापाको सदस्यमा खनाल

जिल्ला खेलकुद विकास समिति झापाको सदस्यमा खनाल

बिर्तामोड । जिल्ला खेलकुद विकास समिति झापाको पदेन सदस्यमा शनिश्चरे माविका प्रधानाध्यापक सिएम खनाल (चेतामनणी) लाई मनोनित गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति झापाको भद्रपुरमा भएको वैठकले यस्तो निणर्य गरेको हो ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को अध्यक्षतामा भएको वैठकले विभिन्न क्षेत्रबाट तीन जना सदस्य मनोनित गर्न बाँकी मध्ये शिक्षाक्षेत्रबाट जिल्ला खेलकुद विकास समिति झापाको पदेन सदस्यमा शनिश्चरे माविका प्रधानाध्यापक सिएम खनाल (चेतामनणी) लाई मनोनित गरेको हो।
त्यस्तै अन्य दुई जना पदेन सदस्यका लागि जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापालाई प्रतिनिधी पठाउनका लागि पत्र पठाउने निर्णय गरेको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले बताए ।

त्यस्तै वैठकले जिल्ला खेलकुद विकास समिति झापाका सदस्य दुर्वासा कार्की(जगन)लाई सूचना तथा संचार विभाग संयोजकको जिम्मेवारी दिएको छ।
सोही कार्यक्रममा खोटाङमा असार ३ गतेदेखि हुने १ नं. प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगितामा झापाबाट छनौट भएका खेलाडी तथा टिम मेनेजर, जिल्ला खेलकुद विकास समिति झापाका सदस्य सम्शेर मोक्तान तामाङ र कोच कर्ण दाहाललाई सफलताको शुभकामनासहित विदाइ गरिएको थियो ।
यसैबिच पूर्व कराते खेलाडी, व्यवसायी,सहकारीकर्मि सन्तोष गिरीले खेलाडी तथा प्रशिक्षक र जिल्ला खेलकुद विकास समिति झापाका पदाधिकारीलाई जिल्ला खेलकुद विकास समिति झापा अङ्कित टिसर्ट प्रदान गरेका छन् ।

यसैबिच जिल्ला भलिवल संघ झापाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । भद्रपुरस्थित जिल्ला खेलकुद विकास समिति झापाको कार्यालयमा भएको अधिवेशनले शैलेन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल भलिवल संघका केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं.१ निर्वाचन संयोजक मदन खड्काको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
जिल्ला भलिवल संघ झापाको उपाध्यक्षमा कृष्ण खड्का र राजु पाठक, महासचिवमा खडानन्द खतिवडा र कोषाध्यक्षमा इन्द्र बुढाथोकी रहेका छन् । त्यस्तै सदस्यहरुमा उमा सुब्वा, प्रमोद पाण्डे, जय श्रेष्ठ, गजेन्द्र ताम्लि, भिष्म उप्रेती र निर्मल बास्तोला रहेका छन् । त्यस्तै संघको प्रदेश अधिवेशनका लागि झापाबाट गजेन्द्र ताम्ली र भिष्म उप्रेती छनौट भएका छन् भने केन्द्रका लागि जय श्रेष्ठ प्रतिनिधिका रुपमा छनौट भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले जिल्ला भलिवल संघ झापाका सम्पूर्ण नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई शुभकामना दिँदै खेलकुदको विकास र विस्तारमा सकारात्मक सोचका साथ सबैसंग सहकार्य गर्दै खेलकुदको क्षेत्रमा झापालाई देशकै उत्कृष्ट बनाउने मुख्य लक्ष्य र उद्धेश्यका साथ पुरै टिम एकवद्द भएर लाग्ने प्रतिवद्दता जनाएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )