झापा गोल्डकपले गर्यो झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान

झापा गोल्डकपले गर्यो झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई  नगदसहित सम्मान

बिर्तामोड ।झापा गोल्डकपले शहीद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ ।

बिर्तामोडको होटल किंग्सबेरीमा आयोजित एक कार्यक्रमका बीच क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुने झापा फुटबल क्लबका खेलाडी तथा अफिसियलहरुमा सञ्जय गुरुङ, टेकेन राना मगर, पेमा तामाङ, लक्ष्मण बेघा लिम्बू (कप्तान), सुमन मगर, विशाल थिङ तामाङ, सञ्जोग मगर, मनिष योङहाङ, पारस कार्की, पुजन राई, विशाल खवास, सन्दीप लिम्बू, निखिल तामाङ, दिनेश मुर्मू, विश्वास सुब्बा, सिद्धार्थ अधिकारी, विक्रम राई, आशिष गुरुङ, शान्तिराम बस्नेत, युवराज तामाङ, खगेन्द्र बयलकोटी, विशाल राई ए, हरिबहादुर मगर रहेका छन् । त्यस्तै टिम व्यवस्थापक पेम्बु गुरुङ, टिम सहायक व्यवस्थापक गोपाल राई, मुख्य प्रशिक्षक अंकुरकुमार खड्गी, गोलकिप्पर प्रशिक्षक रोशन शाह ठकुरी, व्यवस्थापक सन्तोष गुरुङ र रमेश गुरुङ रहेका छन् । उनीहरुलाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिएको झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।
गत जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष सुवास भट्टराईले स्वागत गरेका थिए ।
कार्यक्रममा झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिमिल्सिना, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल उद्योग वाणिज्य महासंघका १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )