सम्झौता गरी फार्मेसी सञ्चालन गर्न पाउनुपर्ने बस्नेतको माग

सम्झौता गरी फार्मेसी सञ्चालन गर्न पाउनुपर्ने बस्नेतको माग

बिर्तामोड । कालिका ड्रग डिष्ट्रिव्यूटर अर्जुनधारा–११ का सञ्चालक खेमराज बस्नेतले बिर्तामोड नगरपालिको नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत औषधि पसल सञ्चालनका लागि ठेक्का पाएको एक वर्ष बित्दा पनि फार्मेसी सञ्चालन गर्न नदिएको बताएका छन् ।

बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत फार्मेसी सञ्चालनका लागि ई–विडिङ मार्फत आव्हान गरेको ठेक्कामा छनौटमा परेर वैंकमा रकम जम्मा गरेको एक बर्ष वित्दा पनि आफ्नो फर्म कालिका ड्रग डिष्ट्रिव्यूटरसँग सम्झौता नगरी बिर्तामोड नगरपालिकाले आलटाल गरी आफूलाई दुःख दिएको उनले बताए ।

फार्मेसी सञ्चालनका लागि ई–विडिङ मार्फत आव्हान गरेको ठेक्का स्वीकृत भएर रकमसम्म वैंकमा जम्मा गरेको बताउँदै उनले बिमा कार्यक्रम अन्तरगतको औषधी बिक्री बितरणका लागि एकबर्षको कोठा भाडा वापत रकम दिएको भए पनि सम्झौता नगर्दा आफू आर्थिक तथा मानसीक मारमा परेको सञ्चालक बस्नेत बताउँछन् ।

औषधी बिक्री वितरणको लागि खुलाएको शिलबन्दी दरभाउपत्र प्रक्रियामा छनौटमा परी एक बर्षअघि नगरपालिकाको एनआईसी एशिया बैंकको खातामा कालिका ड्रग डिष्ट्रिव्यूटरका सञ्चालक बस्नेतले एकबर्ष कोठा भाडा बापतको रकम ३६ लाख ६० हजार पाँच रुपैयाँ जम्मा गरेको र बिर्तामोड नगरपालिकाको खाता नं. २४६सीए ५००१८८७००५ मा उक्त रकम जम्मा गरेको भौचर प्रमाण समेत देखाए ।
गत २०७८÷०३÷०३ गते उक्त रकम जम्मा गरी बैंक भौचर लिएर सम्झौता गर्न जाँदा नगरले सम्झौता गर्न आलटाल गरेपछि गत जेठ २३ गते स्वीकृत भएको ठेक्का सम्झौता गरिपाउँ भनि आफूले नगर प्रमुख, वडा नं. ३ कार्यालयलाई निवेदन समेत दिएको बताए । नगरबाट तपाईको ठेक्का स्वीकृत भयो भनेर इमेल आएर आफू सम्झौता गर्न गएपनि त्यसबेला आइटी कर्मचारीलाई कोभिड भएका कारण त्यतीवेला सम्झौता हुन नसकेको बताउँदै उनले स्थानीय तहको निर्वाचन आएको र आफुले गएर नगरमा कुरा राख्दा निर्वाचनपछि सम्झौता गरिने तत्कालीन उपप्रमुख तथा हाल नगर प्रमुख पवित्रा महतरा प्रसाईले आश्वासन दिएको बताए । बैंकबाट १२ प्रतिशतको ब्याजमा ऋण निकालेर नगरको वैंक खातामा रकम जम्मा गरेको बताउँदै उनले बैंकको १२ प्रतिशत ब्याज अनि स्वीकृत भएको ठेक्का सम्झौता नहुँदा आफू मर्नु न वाँच्नुको स्थितिमा पुगेको बताए ।

सञ्चालक बस्नेतले नगरले स्वीकृत गरिसकेको ठेक्काको सम्झौता गर्नु पर्ने अन्यथा एकबर्षको बैंकको ब्याज १२ प्रतिशतले हिसाव गरेर रकम फिर्ता गर्नु पर्ने माग समेत गरेका छन् । उनले आफुले औषधी संघगलगायतका सम्बन्धीत निकायमा पनि आफु अन्यायमा परेको भन्दै न्यायका लागि पत्राचार समेत गरेको बताउँदै उनले नगर अस्पतालबाट स्वास्थ्य बिमा अन्तरगत नागरिकले पाउनु पर्ने औषधी नपाइरहेको भन्दै ब्यवसायीक प्रयोजनका लागि बैंकबाट कर्जा लिएर नगरको बैंक खातामा जम्मा गरेको बताए ।

यता बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव बिष्टले आफु बिर्तामोडमा आएको ४ महिना मात्र भएको बताउँदै कर्मचारी हेरफेर भएका कारण ढिलाई भएको हुनसक्ने जनाए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )