अन्तर विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता

अन्तर विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता

विर्तामोड । साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको आयोजना तथा विर्तामोड नगरपालिकाको सहयोगमा विर्तामोडमा अन्तर विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष साहित्यकार, गीतकार भगवती ढुंगेलको अध्यक्षता तथा साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । संस्थाकी सदस्य मुना प्रसाईंले स्वागत गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्रप्रसाद कटुवालले औचित्यमाथी प्रकाश पारेका थिए ।
अन्तर विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगितामा विर्तामोड नगरपालिकाका ११ वटा सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए ।

कविता प्रतियोगितातर्फ बीर अमरसिंह माबिका प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन्स एजुकेशन एकेडेमीका गृष्मादेश प्रसाई सान्त्वना भएका थिए ।
त्यस्तै निबन्ध प्रतियोगितातर्फ महेन्द्र रत्न मावि अनारमनीकी तृष्णा भट्टराई प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेसनकी मनिका भण्डारी दोस्रो, मोहनमाया माविकी पुजा पुरी तेस्रो र देवी माविकी रोजु भण्डारी सान्त्वना भएका थिए ।
साहित्यकार प्रा.जीवनाथ सुवेदीको संयोजक र डा.ठाकुरप्रसाद पोखरेल र साहित्यकार मोक्ष खतिवडा सदस्य रहेको निर्णायक समितिले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
निबन्ध र कविता प्रतियोगितामा सहभागी १० ।१० जना विद्यार्थी मध्ये उत्कृष्ट चारजनालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको कार्यक्रममा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, प्रगतिशिल लेखक संघका केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, साहित्यकार कुमार भट्टराई, साहित्य चौतारी झापाका संस्थापक।संरक्षक देवीभक्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकार मातृका संग्रौला, कुमारी चेम्जोङ, टीका चापागाईं, चित्रा पौडेलले अप्रतियोगी कविता वाचन गरेका थिए । कार्यक्रममा नेपाल चलचित्रकर्मी संघकी चन्दा दाहाल र सुनिमा रिजालले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, साहित्य चौतारीका अध्यक्ष हस्त परियार,भारतका भाषा सम्पादक खेमराज न्यौपाने, जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईं , नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशब भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, महिला उद्यमी संघ झापाकी अध्यक्ष नैनकला भट्टराई, नेपाल चेम्बर अफ कमर्शका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, वीरता जेसीजका अध्यक्ष प्रविण खड्का, मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवाल ,मेची महाकाली बुहारी समाज झापाकी अध्यक्ष शिखा खड्का गणेश, राजबंशी महिला समाजकी रुपा राजवंशी, बिर्तामोड वडा नंं. १ का वडासदस्य टेकबहादुर अधिकारी,पूर्वाञ्चल कलाकार समाजकी हेमा भन्डारी, नेपाल चलचित्रकर्मी संघ प्रदेश अध्यक्ष केवल तामाङ, क्षितिज साहित्य प्रतिष्ठान झापाका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देल, नेपाल सुनचाँदी व्यवसायी महासंघ झापाका अध्यक्ष रमेश विश्वकर्मा, सुभांग सामुदायिक अध्ययन केन्द्र पाँचथरका अध्यक्ष हरिप्रसाद ओझा, कलाकार सुकदेब सिटौला , योगेस्वर बास्तोला ,एन बि दाहाल,छबिलाल बाँस्कोटालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडका सल्लाहकार तथा मोडल जनक खड्काले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )