देवी माविको अध्यक्षमा आशिष वन

देवी माविको अध्यक्षमा आशिष वन

बिर्तामोड । झापाको बिर्तामोड –५ स्थित देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आशिष वन चयन भएका छन् ।

बिद्यालयमा भएको अभिभावक भेलाले यस अघि नै नयाँ बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी चयन गरेको थियो । बिद्यालयमा वडा प्रतिनिधी , बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधी र अन्य सदस्य चयन गरी नयाँ विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइएको हो ।
समितिको सदस्यहरुमा मदनकुमार नेम्वाङ, रतन राजवंशी , दमयन्ता अधिकारी खतिवडा , अनिमा राजवंशी, लिला ओली सर्वसम्मत चयन भएका छन् ।
यसैगरी वडा प्रतिनिधिमा बिर्तामोड –५ का वडाध्यक्ष रोहीत प्रसाई., बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधी गोविन धिमाल र मेदनीप्रसाद विश्वकर्मा चयन भएका छन् भने समितिको सदस्य सचिवमा देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ र शिक्षक प्रतिनिधीमा उमेशप्रसाद साह चयन भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )