स्वतन्त्र नागरिक कार्यसम्पादन समिति कनकाईले बुझायो २९ वुँदे ज्ञापन

स्वतन्त्र नागरिक कार्यसम्पादन समिति कनकाईले बुझायो २९ वुँदे ज्ञापन

बिर्तामोड । स्वतन्त्र नागरिक कार्यसम्पादन समिति कनकाईले २९ वुँदे ज्ञापन पत्र बुझाएको छ ।

स्वतन्त्र नागरिक कार्यसम्पादन समिति कनकाईका संयोजक शेरबहादु्र थापाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई २९ वुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
कनकाई नगरपालिकाले कनकाई नगरका लागि गरेको विकास निर्माणका कार्य सबै पारदर्शी होस र कनकाईनगरवासीले सुशासनको प्रत्याभूति गर्न सकुन् भन्ने उद्धेश्यले ज्ञापन पत्र बुझाएको स्वतन्त्र नागरिक कार्यसम्पादन समिति कनकाईका संयोजक शेरबहादु्र थापाले बताए ।
कनकाईनगरवासीको सार्वजनिक महत्वका विषयहरुको यर्थाथ विवरण र तथ्यांकहरु कनकाई नगरपालिकासंग पटक पटक माग गर्दा माग गरिएका विषयहरुको यर्थाथ विवरण र तथ्यांकहरु हालसम्म उपलव्ध नगराइएकाले पुःन उपलव्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको उनले बताए ।
स्वतन्त्र नागरिक कार्यसम्पादन समिति कनकाईले गत जेठ ३१ गते कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७५ । ०७६ मा राष्टपति चुरे अन्तर्गत विनियोजित एक करोड ७१ लाख ५० हजार रुपैयाँको खर्चको विवरण सहित अन्य विविध विषयमा गरिएको खर्चको विवरण माग गरेपनि हालसम्म राष्टपति चुरे अन्तर्गत विनियोजित रकमको विवरणको माइन्युट मात्र आएको तर के के शिर्षकमा खर्च गरियो सोको यथार्थ विवरण नआएकाले उक्त विवरण चाडै उपलव्ध गराउन माग गरिएको उनले बताए ।

त्यस्तै कन्काई नगरपालीका वडा नं ७ को सुकदेव पौडेल र नगरपालीकाबिचको मुद्दामा जिल्ला अदालतझापाबाट तिन लाख रुपैयाँ क्षतीपुर्ति दिने फैसला भएकोमा त्यसको कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको उनले बताए । आफूहरु कनकाई नगरको समग्र विकास र नगरवासीको सामुहिक हितको लागी कनकाई नगरपालिकासंग समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडी बड्न सदैव तत्पर रहेको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )