कनकाई खोपयुक्त नगरपालिका घोषित

कनकाई खोपयुक्त नगरपालिका घोषित

बिर्तामोड । झापाको कनकाई नगरपालिका पूर्ण खोपयुुक्त नगरपालिका घोषित भएको छ ।

जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि कनकाई नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका कुनै पनि बालबालिका यस वर्ष नियमित खोपबाट वञ्चित नरहेपछि कनकाई नगरपालिकाका आयोजित कनकाई नगरपालिकाको आर्थिक वर्ष २०७९ । ०८०को निती तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिका पूर्ण खोपयुुक्त नगरपालिका घोषणा गरेका थिए । उनले भने “घोषणासँगै आउँदा दिनमा पनि सबै बालबालिकालाई नियमित खोप दिलाउने सुनिश्चितता गरिएको छ ।”,
कनकाई नगरका सबै वडामा रहेका खोप पाउने उमेरका सबै बालिबालिकालाई खोपको सुनिश्चितता भएपछि कनकाई नगरपालिका पूर्ण खोपयुुक्त नगरपालिका घोषणा गरिएको कनकाई नगर स्वास्थ्य प्रमुख खगेन्द्र दंगालले बताए ।
बालबालिकाले पाउनुपर्ने पोलियो, बिसिजी, हेपबी, डिपिटी, दादुरा, रुबेला, टिटी, जेईजस्ता खोप पूर्णरुपमा पाइरहेको उनले बताए । खोप नियमित रुपमा पाएका खण्डमा शिशु तथा बालबालिकालाई १० प्रकारका रोगबाट बचाउन सकिने उनी बताउँछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )