बिर्तामोडमा डिस्पोजेवल तथा सरसफाईका सामग्रीको बिक्री शु्रु

बिर्तामोडमा डिस्पोजेवल तथा सरसफाईका सामग्रीको बिक्री शु्रु

बिर्तामोड । विराट अर्जुन उपभोक्ता सहकारी संंस्था लिमिटेड बिर्तामोड ४ ले डिस्पोजेवल तथा सरसफाईका सामग्रीको बिक्री शु्रु गरेको छ ।

संस्थाले पुरानो भद्रपुर रोडको आदर्श व्यांक्वेटसंगै सञ्चालनमा ल्याएको विराट अर्जुन उपभोक्ता सहकारी पसलबाट डिस्पोजेवल तथा सरसफाईका सामग्रीको बिक्री शु्रु गरेको हो ।
संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालको प्रमु्ख आतिथ्यमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य सुमन शर्मा जमरकट्टेलले स्वागत गरेका थिए ।
कार्यक्रममा सञ्चालक समिति सदस्य संजोग खरेलले विराट अर्जुन उपभोक्ता सहकारी पसलमा पाईने डिस्पोजेवल तथा सरसफाईका सामग्रीको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि दंगाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाललगायतले शु्भकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष नविन खरेलले संस्थाका शेयर सदस्यसहित आम उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै डिस्पोजेवल तथा सरसफाईका सामग्रीको व्यवसायिक कारोवार सुरु गरिएको जानकारी दिए । उनले विराट अर्जुन उपभोक्ता सहकारी पसलबाट खरिदकर्ताले होलसेल मूल्यमा सम्पूर्ण सामग्री पाउने जानकारी दिए ।
कार्यक्रममा शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउत, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, शिक्षा बहुउदेश्यीय सहकारीका अध्यक्ष सुब्रत न्यौपाने, धौलागिरी पारिजात साकोसका अध्यक्ष कृष्ण पौडेल, मातृभाग्यरेखा साकोसका अध्यक्ष टंक दवाडी, सतासी बहुउदेश्यीय सहकारीका अध्यक्ष रुद्रमणी श्रेष्ठ, सूर्योदय आकाशगंगा साकोसका अध्यक्ष राजेन्द्र वस्नेत, पूर्णिमा कृषि सहकारीका अध्यक्ष छविलाल विश्वकर्मा , राष्टीय सहकारी वैंक बिर्तामोड शाखा प्रमुख विनोद डाँगी,् होटल ्िहकोला हेरीटेजका सञ्चालक देवीभक्त श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )