धनकिरण र अनुजाको स्वरमा म धर्ती

धनकिरण र अनुजाको स्वरमा म धर्ती

बिर्तामोड । बेलायतका नेपालीमूलका पहिलो काउन्सिलर धनकिरण गुरुङ र द भ्वाइस अफ किड नेपालकी फस्ट रनरअप बालगायिका अनुजा कडरियाको स्वरमा सजिएको म धर्ती बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुर सङ्गम रेकर्डिङ स्टुडियो कमलपोखरी काठमाण्डौंबाट शुक्रबार म्युजिक भिडियो रिलिज गरिएको हो । डिजी प्रोडक्सन यूकेको प्रस्तुति रहेको उक्त म्यूजिक भिडियोमा इलामका रमणीय दृश्य कैद गरिएको छ ।
म धर्ती बोलको गीतको शव्द संगीत धनकिरण गुरुङको रहेको छ भने म्यूजिक एरेन्जमेन्ट सुरथ प्रधानले गरेका छन् । अल्का गुरुङले निर्माण गरेको म धर्ती बोलको गीतको म्यूजिक भिडियोमा धनकिरण गुरुङ र अनुजा कडरियाले अभिनय गरेका छन् । एउटा गुरुले आफ्नी शिष्यलाई  संगीत सिकाएर द भ्वाइस अफ किड नेपालमा भाग लिन दिएको प्रेरणा र आफ्नी शिष्य  द भ्वाइस अफ किड नेपालको विजेता भएर आउँदाको खुशीलाई उक्त म्यूजिक भिडियोमा समावेश गरिएको छ ।
बेलायत र आफ्नो जन्मभूमि नेपालमा विपन्न वर्गका नागरिक साथै शिक्षा, स्वास्थ्य क्षेत्र र दैवीप्रकोपका बेला आर्थिक सहयोग जुटाउंदै आएका धनकिरणले आफू विदेशमा रहेर पनि नेपाली गीतसंगीत र कला संस्कृतिलाई जगेर्ना गर्न पाउंदा खुशी लागेको बताए ।
त्यस्तै वालगायिका झापा बिर्तामोड –२ चारपानेकी अनुजा कडरियाले बेलायतका नेपालीमूलका पहिलो काउन्सिलर धनकिरण गुरुङसंग गीत गाउन पाउँदा ज्यादै खुशी लागेको बताउँदै साँगीतिक क्षेत्रमा लाग्न अझ हौसला मिलेको बताइन् ।

म धर्ती बोलको गीतको म्यूजिक भिडियोको लिङ्क https://www.youtube.com/watch?v=P0TXqt9_czM

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )