लघु चलचित्र ‘क्राइम’ निर्माण गरिने

बिर्तामोड । नेपाली कथानक लघु चलचित्र ‘क्राइम’ निर्माण गरिने भएको छ ।
बीएसबी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कथानक लघु चलचित्र ‘क्राइम’ निर्माण गर्ने भएको हो । यस अघि बीएसबी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कथानक लघु चलचित्र ‘ मिसन बिर्तामोड’को निर्माण गरेको थियो ।
समाजमा हुने बोलबाला व्यक्तिले अवला नारीको चरित्रमा कसरी खेलवाड गर्न सक्छन् भन्ने विषयलाई लघु चलचित्र ‘क्राइम’ मा देखाउन खोजिएको लघु चलचित्र ‘क्राइम’ का निर्माता राजन थापाले बताए ।
यौनजन्य अपराध निरुत्साहन गर्न कथाबस्तुमा करणी मुद्दालाई प्रमुख रुपमा ‘क्राइम’ नामक लघु चलचित्रका निर्माताका रुपमा राजन थापा रहेका
छन् । झण्डै एक घण्टा अवधिको चलचित्र हुने बताइएको छ ।
चलचित्रमा सहनिर्माताको रुपमा तीर्थ सिग्देल, प्रनिष पौडेल, सम्वल आचार्य, विशाल विमली, भूवन बास्कोटा, प्रशंसा बाँस्कोटा रहेका छन् । लघु चलचित्रको
मनोज राई प्रस्तुत कर्ताको रुपमा रहेका छन् भने रोहन राईको लेखन तथा निर्देशन रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रितन सिगू लिम्बूको
सह निर्देशन रहेको छ भने विपीन प्रसाई द्वन्द्व निर्देशकका रुपमा देखा पर्ने छन् ।
लघु चलचित्रमा कलाकारका रुपमा राजन थापा, राज शेर्मा, पूर्णिमा लिम्बू, सबिना बस्नेत, बिजु राई, किरण जबेगु, राजु गौतम, अजित राना मगर, नवराज
दंगाल, खेमराज दंगाल, सुवास अधिकारी, अनिल राई, सुनिल विश्वकर्मा, माणिक रेग्मी, सनम राई, निर्मल महरा, कैलाश कट्टेल, कुमार राय रहेका छन् ।
लघु चलचित्रमा बिशेष सहयोगीका रुपमा अर्जुन कँडेल, डिल्ली चुडाल, प्रत्युष राना आजाद, भूवन सञ्जेल, रेश लिम्बू, पुष्प बाँस्तोला, आशिष राई,
सन्त मेचे, प्रदीप श्रेष्ठ, पुजन लिम्बू, रुपेश लिम्बू (जेठा बा), ज्ञानउदय लिम्बू, सञ्जय राजवंशी, सुनिल थापा,प्रवेश सुबेदी, रञ्जन प्रधान, सञ्जय
मोदी, अर्जुनजंग थापा, प्रकाश शिबाकोटी, खेम पराजुली, एलबी समाल, धरणीधर पोखरेल, रमेश बोहरा, अशोक कार्की रहेका छन् । पदम तामाङ
मेकअप र क्यामरामेनमा सन्तोष राना मगर रहेका छन् ।