बिर्तामोडमा डिएम सेल कोरियन स्किन केयर सञ्चालनमा

बिर्तामोडमा डिएम सेल कोरियन स्किन केयर सञ्चालनमा

बिर्तामोड । झापाको बिर्तामोडमा डिएम सेल कोरियन स्किन केयर सञ्चालनमा आएको छ ।

बिर्तामोडस्थित हनुमान कम्प्लेक्सको दोस्रो तलामा मेचीनगर १२ धाइजनकी टिका लिम्बूले डिएम सेल कोरियन स्किन केयर सञ्चालनमा ल्याएकी हुन् ।डिएम सेल कोरियन स्किन केयरको उद्घाटन स्किन केयर स्पेसलिस्ट पवी गुरुङ र इन्द्रकुमारी लिम्बूले संयुक्तरुपमा गरेका थिए । डिएम सेल कोरियन स्किन केयरमा कोरियन प्रविधिद्वारा महिला तथा पुरुषमा देखिने छालाका समस्या , डण्डीफोर, चाया, पोतो, चाउरीपन, चिलाउने, छाला सुख्खा हुने, छालाको चिल्लोपना, तीलकोठी हटाउने, टक्सिन पिल ट्रिटमेन्ट , बिना सर्जरी नाक, अनुहार टाइट बनाउने र छालाका विभिन्न समस्याहरुको उपचार हुने सञ्चालक टिका लिम्बूले बताइन् ।
काठमाडौँ, पोखरा र चितवनपछि बिर्तामोडमा डिएम सेल कोरियन स्किन केयर सञ्चालनमा आएको स्किन केयर स्पेसलिस्ट गुरुङले बताइन् । पूर्वमा पहिलोपल्ट भित्रिएको डिएम सेल ब्राण्डको उत्पादनहरु विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट मान्यता प्राप्त भएको उनले दाबी गरिन् । डिएम सेल ब्राण्डको उत्पादनको प्रयोगले छालासम्बन्धी समस्याको प्राकृतिकरुपमै उपचार सम्भव हुने उनले बताइन् । बिर्तामोडमा सञ्चालनमा आएको डिएम सेल कोरियन स्किन केयरमा डिएम सेलका ५० वटाभन्दा बढी उत्पादनहरु उपलब्ध रहेको सञ्चालक टिका लिम्बूले बताइन् । सौन्दर्यप्रेमी तथा छालाको समस्याबाट पीडित भएकाका लागि डिएम सेलका उत्पादनहरुले लाभ मिल्ने उनले बताइन् ।
च्

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )