महिला उद्यमीलाई कर शिक्षा

महिला उद्यमीलाई कर शिक्षा

बिर्तामोड । नेपाल उद्यमशील महिला संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भद्रपुरको सहजिकरणमा महिला उद्यमीहरुसंग कर सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सदस्य चन्द्रा पोखरेल भट्टराईले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीले औचित्यमाथी प्रकाश पारेकी थिइन् । उनले करको बारेमा जानकार नहुँदा उद्यमी महिलाहरू व्यवसायमा आउन नचाहने, डराउने र आएकामा पनि कर सम्बन्धी पर्याप्त जानकारी नहुदाँ अनावश्यक सास्ती र जरिवानाको भागिदार बन्नुपर्ने समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले कर तिर्न र हिसाब राख्न पनि करबारे सामान्य जानकारी समेत नहुँदा महिला उद्यमीलार्इ सकस हुँदै आएकोमा यस्ता किसिमका कार्यक्रम महिला उद्यमीहरुका लागि फलदायी हुने बताए ।
नेपाल चेम्वर कर्मशका केन्द्रीय सदस्य तथा झापाका अध्यक्ष ओमकृष्ण विमलीले राज्यले करको दायरा बढाएर नयाँ उद्यमी महिलालाई २० लाख सम्मको कारोबारमा ५ बर्षसम्म करछुटको ब्यबस्था मिलाउनुपर्ने बताए । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य सङ्घकी महिला उपाध्यक्ष नैनकला भट्टराई, लघुउद्यम झापाकी अध्यक्ष निर्मला चौहान, सञ्चार उद्यमी विष्णु मैनालीलगायतले नेपाल उद्यमशील महिला संघले यस्तो कार्यक्रम आयोजना गरेर महिला उद्यमीहरुको मन जितेको बताए ।
कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालय भद्रपुरका कर अधिकृतहरू सुरेशकुमार महतो, पुनीता झापा र कर्मचारी यशकुमार श्रेष्ठले गरेका थिए । उनीहरुले महिला उद्यमीहरुलाई कर किन तिर्ने ? कर तिर्दा हुने फाइदा, करको दायरा लगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव यशोदा प्रसाईं भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )