नेपाल चार्टड एकाउन्टेन्ट संघ झापाको अध्यक्षमा सिए सुशीलकुमार अग्रवाल

नेपाल चार्टड एकाउन्टेन्ट संघ झापाको अध्यक्षमा सिए सुशीलकुमार अग्रवाल

बिर्तामोड । नेपाल चार्टड एकाउन्टेन्ट संघ झापाको अध्यक्षमा सिए सुशीलकुमार अग्रवाल चयन भएका छन् ।

झापाको बिर्तामोडमा भएको झापाली सिएहरूको भेलाले अग्रवालको अध्यक्षतामा नेपाल चार्टड एकाउन्टेन्ट संघ झापा शाखा जिल्ला समिति गठन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा सिए अनिलकुमार प्रसाईं, सचिव सिए गंगाराम बस्नेत (अमित), कोषाध्यक्ष सिए राहुल साहेवाला रहेका छन् । त्यसैगरी सदस्यहरूमा सिए एन्जिला मैनाली, सिए श्रीप्रसाद निरौला, र सिए समिर संग्रौला रहेका छन् ।
नेपाल चार्टड एकाउन्टेन्ट संघ झापा शाखाका अध्यक्ष सुशीलकुमार अग्रवालको अध्यक्षता तथा नेपाल चार्टड एकाउन्टेन्ट संघका केन्द्रिय अध्यक्ष सिए दीपककुमार पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल चार्टड एकाउन्टेन्ट संघ झापा शाखाका नवनिर्वाचित अध्यक्ष सुशीलकुमार अग्रवाललाई नेपाल चार्टड एकाउन्टेन्ट संघका केन्द्रिय अध्यक्ष सिए दीपककुमार पाण्डेले शपथ ग्रहण गराएर प्रमाणपत्र र पिन बितरण गरेका थिए भने नेपाल चार्टड एकाउन्टेन्ट संघ झापा शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष अग्रवालले सपथ खुवाएका थिए ।
कार्यक्रममा नेपाल चार्टड एकाउन्टेन्ट संघका केन्द्रिय उपाध्यक्ष सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सार प्रमुुख केशवराज ओली, नेपाल चार्टड एकाउन्टेन्ट संघ प्रदेश १ अध्यक्ष मनोज अधिकारी, नेपाल चार्टड एकाउन्टेन्ट संघ विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा अर्थविज्ञ सिए शेषमणी दाहालले आर्थिक ऐन २०७९ बाट ऐननियममा भएको सशोधन तथा  नेपाल राष्ट्र बैंकद्वारा जारी भएको आर्थिक वर्ष २०७९ \२०८० को मौद्रिक नितीबारे एक्सेल डेभलपमेन्ट बैकका कार्यकारी प्रमुख डा.इन्द्र कट्टेल र बैंकर्स एशोसिएशन झापाका अध्यक्ष सुवास श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रमको संचालन स्वस्तिका आचार्यले गरेकी थिईन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )