हाम्रो नेपाल साकोसमा सम्मान र मोबाइल बैंकिङ सेवा

हाम्रो नेपाल साकोसमा सम्मान र मोबाइल बैंकिङ सेवा

बिर्तामोड । झापाको बिर्तामोड–४ मा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी १०औं वार्षिकोत्सव मनाएको छ ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षता तथा प्रदेश नं.१ का कृषि तथा पशुपन्छी मन्त्री झलकबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य राजेन्द्र गौतमले स्वागत गरेका थिए भने सहकारी सिद्धान्त ज्योती पराजुली, मनिषा तिम्सिना, प्रतिमा संग्रौला, कुसुम सुवेदी, रेनुका प्रधान, प्रतिमा तिम्सिना, यसोदा कार्कीले वाचन गरेका थिए ।
कार्यक्रममा कार्यक्रममा नेफ्स्कोनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक शिव डाँगी,राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्था दर्तादेखि हालसम्म सदस्य रहेका बुद्धिप्रसाद पाण्डे, कल्पना थापा, प्रमोदकुमार गामी, ग्रहणकुमार राजवंशी, पुनम पराजुली, ओमप्रकाश पौडेल, तारा कार्की र मिना मेचेलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा संस्थाको १० औं बर्षको लोगो सार्वजनिक गरिएको थियो भने संस्थाका सहायक प्रवन्धक सरोज दाहालले आर्थिक बर्ष २०७८÷०७९ सम्मको अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरेका थिए ।
सोही कार्यक्रममा मोबाइल बैंकिङ सेवा शुभारम्भ गरिएको थियो । प्रविधिको उच्चतम् प्रयोग गर्दै आफ्ना शेयर सदस्यको सुविधालाई ध्यानमा राखेर एम बैंकसंगको सहकार्यमा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले बताए ।
कार्यक्रममा एम बैंकका विजनेस अफिसर संजय महासेठले मोबाइल बैंकिङ सुविधाको बारेमा जानकारी गराएका थिए ।
उनले मोबाइल बैंकिङ सेवा मार्फत सदस्यले बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल, इन्टरनेट, टिभी महशुल, इन्श्योरेन्स प्रिमियम, हवाइ टिकटका साथै मोवाइल टपअफ र रिचार्ज गर्न सकिने , बैंकमा समेत पैसा ट्रान्सफर अन्य बैंक तथा वित्तिय संस्थाहरु संग फन्ड ट्रान्सफरको सुविधा, विद्युतिय भुक्तानी (डिजिटल पेमेन्ट सिस्टम) आधारभुत बैंकिङ सुविधा लिन सकिने ,संस्थाका प्रत्येक शेयर सदस्यले संस्थाको कार्यालयमा नगएर पनि आफ्नो खातामा रहेको मौज्दात रकमबारे जानकारी लिन सकिने, खाताको विवरण हेर्न सकिने, आफ्नो खाताको रकम अर्को खातामा सार्न सकिने, रकम झिक्दा तथा जम्मा गर्दा मोबाइलमा जानकारी आउने बताए ।
‘कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )