मारवाडी महिलाले मनाए सिन्धारा – तीज

मारवाडी महिलाले मनाए  सिन्धारा – तीज

बिर्तामोड ।  मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्च बिर्तामोडको संयुक्त आयोजनामा सिन्धारा – तीज कार्यक्रम सम्पन्न भएको छ ।

मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्चका पदाधिकारीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्चले सिन्धारा – तीज कार्यक्रम आयोजना गरेर संस्कार , संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

“रंगीलो सावन आयो रे” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा भारतको कलकत्ता र सिलीगुडीबाट आएका कलाकारद्वय नेहा गुप्ता र ललित पारिकले राजस्थानी गीतसँगै विभिन्न चलचित्रका गीतहरु प्रस्तुत गरेर मनोरञ्जन  दिलाएको उपाध्यक्ष रेखा अग्रवालले जानकारी दिइन् । । कार्यक्रमका प्रमुख अतिथि , अतिथिहरुलाई पेचा (फेटा)गुथाइएर सम्मान गरिएको थियो भने नेल आर्ट, फेस पेन्टिङ, मारवाडी समुदायसँग जोडिएको परम्परागत विषयको झल्को दिने सामग्रीहरुको प्रदर्शनी, राजस्थानी लोक नृत्य, रमाईलो खेल, हाउजीलगायत प्रस्तुत गरिएको मारवाडी युवती मञ्चकी संयोजिका रिचा अग्रवालले जानकारी दिइन् ।

कार्यक्रममा मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष पवन खेडियाले शुभकामना मन्तव्य राख्दै मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्चद्वारा आयोजित सिन्धारा – तीज कार्यक्रमले आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्न सफल भएको बताए ।
कार्यक्रममा प्रायोजक जीवन वंशल ,मारवाडी सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे, सल्लाहकारहरु सन्तोष अग्रवाल, रेनु मंगल, कुसुम गोयल, अग्रसेन भवनका संस्थापक अध्यक्ष शुरेश वंशल, माहेश्वरी समाज मेची बिर्तामोडका अध्यक्ष महेश चित्लाङगिया , मारवाडी महिला मञ्चकी केन्द्रीय सदस्य दिपा खेडिया, निवर्तमान अध्यक्ष रीता चित्लाङगिया, मारवाडी युवा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाललगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले कार्यक्रमको प्रायोजन गर्ने व्यवसायीहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवालले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन मारवाडी युवती मञ्चकी सचिव एवम् कार्यक्रम संयोजक रेणु शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )