बिर्तामोडमा भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

बिर्तामोडमा भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

बिर्तामोड । झापाको बिर्तामोड –४ मण्डाचौकमा भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ ।

प्रसूति ,स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराईया राजवंशी तथा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.रणधिर राजवंशीले भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
भारतमा फेलोसिप इन इन्फर्टीलिटी एण्ड रिप्रडक्टीभ मेडीसीन सम्वन्धी अध्ययन गरेर आएकी प्रसूति ,स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराईया राजवंशीले आफूले विशेषज्ञता हासिल गरेको बिषयलाई व्यवहारमा उतार्दै बाँझोपनको समस्याबाट पीडितहरुका लागि सर्वसुलभदरमा परामर्श तथा उपचार गर्नका लागि भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएको बताइन् ।

भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टरको उद्घाटन डा. राजवंशीका बुवा आमा भूपेन्द्र राजवंशी र सुभद्रा राजवंशीले गरेका थिए । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र गोलधापकी ब्रह्मकुमारी हरिताले वैदिकविधीपूर्वक मन्त्रोच्चारण गरी उद्घाटन गरिएको कार्यक्रममा चेम्बर अफ कमर्श प्रदेश नं. १ उपाध्यक्ष सन्तोस अग्रवाल, कनकाई–९ का निवर्तमान वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशी, समाजसेवी हरिप्रसाद कडरिया, मारवाडी महिला मञ्चकी उपाध्यक्ष रेखा अग्रवालले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )