झापाकै पहिलो साधारण सभा गर्ने सहकारी वन्यो अनन्त परोपकार बचत तथा ऋण सहकारी

झापाकै पहिलो साधारण सभा गर्ने सहकारी वन्यो अनन्त परोपकार बचत तथा ऋण सहकारी

बिर्तामोड । झापाको बिर्तामोड – ४ मा मुख्य कार्यालय रहेको अनन्त परोपकार बचत तथा ऋण सहकारी संस्था यस आर्थिक वर्षको झापामै पहिलो साधारण सभा गर्ने सहकारी संस्था भएको छ ।

सामान्यतयाःसहकारी संस्थाले साधारण सभा भदौदेखि पुससम्म गर्दैै आएपनि अनन्त परोपकार बचत तथा ऋण सहकारी संस्थाले साउन २१ गते सातौं वार्षिक साधारण सभा सम्पन्न गरेर यस आर्थिक वर्षको झापामै पहिलो साधारण सभा गर्ने सहकारी संस्था भएको बिर्तामोड नगरपालिकाका सहकारी निरिक्षक डिल्ली दाहालले बताए । त्यस्तै बाह्य ऋण नलिइ संस्थाको कोष बृद्धि गरेर झापाकै उत्कृष्ट सहकारी संस्था अनन्त परोपकार बचत तथा ऋण सहकारी संस्था भएको उनले बताए ।

संस्थाका कार्यवहाक अध्यक्ष इश्वरीप्रसाद तिमल्सेनाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहालको प्रमुख आतिथ्यमा संस्थाको सातौं वार्षिक साधारण सभा शनिबार भएको हो । संस्थाकी उपाध्यक्ष रवीना संग्रौलाले स्वागत गरेको कार्यक्रममा ज्येष्ठ नागरिक मुक्तिनाथ तिमल्सेना (१०२ वर्ष) गणेशप्रसाद खनाल, मन्नु ठाकुर, उत्कृष्ट बचतकर्ता पुनित शर्मा , विदुर गिरी, छत्रवहादुर खड्का,असल ऋणी सीता सिटौला, भानुभक्त आचार्य, खगेन्द्रवहादुर लिम्बू, एसईईमा उत्कृष्ट प्रिति घिमिरे, सिम्रन वुढाथोकी, देवसान तामाङ, उत्कृष्ट कर्मचारी वालकुमारी भट्टराईलाई सम्मान गरिएको थियो ।
त्यस्तै बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल र संस्थाका कार्यकारी निर्देशक गोकुलप्रसाद अधिकारीलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा कार्यकारी निर्देशक गोकुलप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको शेयर सदस्य ६ हजार ८३ जना, शेयर रकम एक करोड ८३ लाख एक सय रुपैयाँ , निक्षेप ५ करोड ७६ लाख ८ सय ६६ रुपैयाँ , कर्जा लगानी, ६ करोड २४ लाख ६५ हजार र कोषमा ७२ लाख २९ हजार ६ सय ४४ रुपैयाँ रहेको बताइएको छ । त्यस्तै सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा आम्दानी एक करोड १० लाख ३७ हजार र खर्च ७० लाख २९ हजार गरेको छ भने नाफा ४० लाख ८ हजार रुपैयाँ गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखासमिति संयोजक होमप्रकाश अधिकारीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमिति संयोजक रामप्रसाद दाहालले ऋण उपसमितिको प्रतिवेदन, शिक्षा उपसमिति सह संयोजक गोविन्द तामाङले शिक्षा उपसमितिको प्रतिवेदन र कर्जा असुली उपसमिति संयोजक राम संशेर राणाले कर्जा असुली उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. रुपकप्रसाद खनाल, राष्ट्रिय सहकारी वैंक बिर्तामोडका सहायक प्रवन्धक कमल खनाल, बिर्तामोड –४ का निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाले गरेको प्रगतिको प्रशंसा गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव नेत्रप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )