पिताको वियोगमा बस्नेत, समवेदना प्रकट गर्न हजारौं बस्नेत निवासमा

पिताको वियोगमा बस्नेत, समवेदना प्रकट गर्न हजारौं बस्नेत निवासमा

बिर्तामोड । सामाजिक तथा व्यवसायिक संघ–संस्थामा आवद्ध विनोद बस्नेत, राजु बस्नेत र विपिन बस्नेत यतिबेला पितृशोकमा छन् ।

गत जेठ १५ गते आइतबार उनीहरुका पिता कृष्णबहादुर बस्नेतको ७३ बर्षको उमेरमा निधन भयो । पिताको निधन लगत्तै छोरा विनोद बस्नेतले सामाजिक सञ्जालमा लेखे– ‘ हाम्रा परमपुजनीय पिताज्यू कृष्णवहादुर बस्नेतको २०७९ साल साउन १५ गते पैतृकथलो इलामको साँखेजुङस्थित आफ्नै निवासमा भएको अकल्पनीय निधनको घटनाले हाम्रो परिवार स्तब्ध भएको छ । यस्तो अत्यन्त पीडादायी क्षणमा उहाँको आत्माको शान्ति एवम् बैकुण्ठबासको कामना गर्दै १६ गते साउनका दिन झापास्थित पवित्र नदी कन्काई आर्यघाटमा अन्त्येष्टि गरिने दुखद् जानकारी गराउँदछु ।’ सामान्य अस्वस्थ जस्ता लाग्ने हष्टपुष्ट शरिर भएका आफ्ना पिताको एक्कासी भएको निधनले विक्षिप्त बनेका उनले सामाजिक सञ्जालमार्फत पिताको निधनको खवर सार्वजनिक गरे लगत्तै त्यही खबरलाई सबैले आधिकारिक मानेर सामाजिक सञ्जालमा हजारौंले शोकाकुल बस्नेत परिवारमा समवेदना तथा स्वर्गीय पिता स्व.कृष्णवहादुर बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।साउन १६ गते बिहान बिर्तामोड –१ स्थित निवासमा लाई श्रद्धाञ्जली दिनेको ओइरो नै लाग्यो । हजारौंले स्व.कृष्णवहादुर बस्नेतको पार्थिव शरिरमा पुष्पवृष्टि गर्दै श्रद्धाञ्जली दिए भने त्यस लगत्तै शुरु भएको शवयात्रामा उल्लेख्य संख्यामा मानिसले सहभागिता जनाए । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली र समवेदना दिनेको ओइरो नै लाग्यो । स्व.कृष्णवहादुर बस्नेतको निधनको समाचार सञ्चारमाध्यमले पनि महत्व दिएर प्रकाशन ÷प्रशारण गरे ।

अहिले बिर्तामोड –१ स्थित निवासमा आफ्ना पिताको दशगात्र कर्ममा रहेका बस्नेत पिताको निधनले टुहुरो बनेको पीडावोध गर्छन् । झापासहित देशका विभिन्न सामाजिक संघसंस्था र विभिन्न सामाजिक अभियानको नेतृत्वमा रहेर अभिभावककीय भूमिका निर्वाह गरेको हजारौंको अभिभावक र प्रेरणाको श्रोत बनेका बस्नेत पितालाई गुमाउनु पर्दा आफू गन्तव्यहीन यात्री झै बनेको बताउँछन् ।
अहिले बिर्तामोड –१ स्थित निवासमा पितृशोकमा रहेर दशगात्र कर्ममा रहेका बिनोद–कोपिला, राजु–अनिता र विपिन–बन्दनालगायत शोकाकुल बस्नेत परिवारमा समवेदना दिन तथा स्वर्गीय पिता स्व.कृष्णवहादुर बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त गर्न हजारौं मानिस उपस्थित हुने गरेका छन् । दैनिक झापासहित देशका बिभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, , राजनीतिक दलका नेता तथा कार्यकर्ता , राजनीतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, जेसीजकर्मी, सहकारीकर्मी, सञ्चारकर्मी , सामाजिक अभियन्ता, पेशाकर्मीहरु, उद्योगी–व्यवसायीहरु, सुरक्षाकर्मी ,कलाकारहरु शोकाकुल बस्नेत परिवारमा समवेदना दिन तथा स्वर्गीय पिता स्व.कृष्णवहादुर बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बस्नेत निवासमा उपस्थित हुने गरेका छन् ।
संधै अप्ठ्यारो र दुःखमा परेकाहरुको सारथी वन्ने गरेका उनी आफ्ना पिता वियोगको शोकाकुल घडीमा उपस्थित भएर समवेदना दिने महानुभावहरुप्रति ऋणी हुँदै भन्छन् ‘हामीलाई परेको दुःखमा उपस्थित
भएर हामी पनि तपाईँहरुसँगै साथै छौं भनिदिनु भयो । यसले हामीलाई वास्तवमै पीडा कम भएको महशुस भएको छ ।’
शनिबार स्वर्गीय पिता स्व.कृष्णवहादुर बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त गर्न तथा आफूहरुलाई समवेदना दिन बस्नेत निवासमा उपस्थित बिभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, , राजनीतिक दलका नेता तथा कार्यकर्ता , राजनीतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, जेसीजकर्मी, सहकारीकर्मी, सञ्चारकर्मी , सामाजिक अभियन्ता, पेशाकर्मीहरु, उद्योगी–व्यवसायीहरुलाई
धन्यवाद ज्ञापन गर्दै उनले भने ‘जीवनमा सबैभन्दा ठूलो बज्रपात भनेको आफ्ना अभिभावकसँगको वियोगको क्षण रहेछ । यो संकट र दुःखको घडीमा हाम्रो परिवारको पीडा कम गर्न समवेदना व्यक्त गर्नुहुने, सहानुभूति प्रकट गर्नुहुने सबैमा कृतज्ञता ज्ञापन गर्दछौं ।’ वि.सं. २००६ साल फागुन १९ गते तत्कालीन साँखेजुङ–५मा शिवमाया र लक्ष्मण बस्नेतका काइँला छोराका रुपमा जन्मिएका कृष्णबहादुर बस्नेत साँखेजुङमा चिया उद्योग सञ्चालन गरेर बसेका थिए । उनका श्रीमती सरस्वती बस्नेत , छोरा–बुहारीहरुमा बिनोद–कोपिला, राजु–अनिता र विपिन–बन्दना बस्नेत रहेका छन् । स्वं बस्नेतका जेठा छोरा विनोद झापा गोल्डकपका अध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव , वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा छन् ।उनी सयपत्री ट्रेड लिंक यामाहा सोरुम बिर्तामोडका सञ्चालक समेत हुन् । जेठी बुहारी कोपिला मानवअधिकारकर्मी र अधिवक्ता हुन् ।
माइँला छोरा राजु खानेपानी संस्थान भद्रपुरमा कार्यरत छन् भने कान्छा छोरा विपिन पाथीभरा अटोलिङ्क टीभीएस सोरुम बिर्तामोडका सञ्चालक हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )