बिर्तामोडमा छैठौं सामुहिक क्वांटी पुन्ही तथा लाखे जात्रा मनाइयो

बिर्तामोडमा छैठौं सामुहिक क्वांटी पुन्ही तथा लाखे जात्रा मनाइयो

बिर्तामोड । नेवाः पासा मुना पुचः बिर्तामोड नगरसमितिको आयोजनामा छैठौं सामुहिक क्वांटी पुन्ही तथा लाखे जात्रा मनाइएको छ ।

नेवाः पासा मुना पुचः बिर्तामोडका नगरसमितिका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा झिं पुचः बिराटनगरका अध्यक्ष हरिबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा अर्थ संयोजक राजीव श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रम अघि इन्द्रेणी व्याक्वेटबाट निकालिएको नेवारी भेषभुषासहितको लाखे जात्राले बिर्तामोड नगर परिक्रमा गरी पुनः इन्द्रेणी व्याक्वेटमा भएको कार्यक्रममा सरिक भएको थियो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेवार समुदायबाट निर्वाचित बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडासदस्य केशव श्रेष्ठ, वडा नम्बर १० की वडासदस्य धनमाया श्रेष्ठ, डा.सलिना श्रेष्ठ, डा. स्वराज उदास, संस्थाका पूर्व सचिव तथा हाल नेवाः देय दबूःका केन्द्रीय सचिव दिनेश शाक्य, नेवार समुदायबाट सामुदायिक र नीजि बिद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक बिद्यालय तर्फ सन्देश श्रेष्ठ (मोहनमाया मावि) र एल्जु श्रेष्ठ (देवी मावि ) र नीजि बिद्यालयतर्फ अनिश श्रेष्ठ (लिटलफ्लावर्स इङलिस स्कूल ) र प्रमिशा श्रेष्ठ (वाल्मिकी एजुकेशन फाउण्डेशन)लाई सम्मान गरिएको कार्यक्रमकी संयोजक शर्मिला शाक्यले बताइन् ।

कार्यक्रममा नेवाः देय दबूःका केन्द्रीय सचिव दिनेश शाक्य,नेवाः देय दबूःका झापा अध्यक्ष रत्नकुमार श्रेष्ठ, अर्जुनधारा नगर अध्यक्ष रुद्रमणी श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए भने नेवाः पासा मुना पुचः बिर्तामोडका पूर्व अध्यक्ष प्रमेश हलवाईले निर्माणधिन नेवाः छेंको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेवारी परम्परा संस्कृति झल्कने लाखेसहित विभिन्न गीत, नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागीलाई सामुहिक क्वांटी र समयवजी ( चिउरा, दालको बारा, तोरीको साग, छोइला, सेतो बोडीको शब्जी, सुकुटी, माछा, मेथीको अचारलगायत) खुवाइएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन नेवाः पासा मुना पुचः बिर्तामोड नगर समितिका सचिव कमल श्रेष्ठले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन सेवीका श्रेष्ठ, एलिसा श्रेष्ठ र रेनु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )