धौलागिरी पारिजात बहुउद्देश्यीयको साधारणसभा (फोटो फिचर)

बिर्तामोड ।  नेपालका सहकारी संस्थामा पूँजीको मात्रा बढ्दै गए पनि लगानीका क्षेत्र पहिचान गर्न नसक्दा सदस्यले लगानीअनुरुप फाइदा लिन नसकेको प्रदेशसभाका नवनिर्वाचित सदस्य एकराज कार्कीले बताएका छन् ।

बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभामा बोल्दै उनले सहकारी ऐनले १५ प्रतिशतभन्दा बढी शेयर लाभांश दिन नपाउने तत्कालीन व्यवस्थाले यस्तो अवस्था ल्याए पनि नयाँ ऐन कार्यान्वयनपछि सहकारी थप फस्टाएर जाने विश्वास व्यक्त गरे ।

धौलागिरीले १० वर्षको अवधिमा सदस्यलाई सेवा प्रवाह गर्न ल्याएका अनेकन सुविधाको प्रशंशा गर्दै प्रमुख अतिथि कार्कीले अब सहकारी साँच्चै अभिभावक बन्दै गएकोमा गर्व गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा जनही नगद २१ सय रुपैयाँसहित २१ जनालाई विभिन्न विधामा सम्मानित र पुरस्कृत गरियो ।

अध्यक्ष पौडेलले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको स्वास्थ्य र प्राकृतिक विपत्तीको अवस्थामा सहयोग उपलब्ध गराउन कोष स्थापना गर्ने कार्ययोजना तथा उपलब्ध गराइने आर्थिक सुविधाका विषयमा प्रस्ताव राखेका थिए ।

यस्तै गोलधाप सेवा केन्द्रको भवन निर्माणका लागि जग्गा खरिद गर्ने पनि साधारणसभामा प्रस्ताव गरेका थिए ।

उद्घाटन सत्रमा सम्मानितका तर्फबाट ज्येष्ठ सदस्य गोविन्द काफ्लेले शुभकामना मन्तब्य राखेका थिए भने सञ्चालक समितिको तर्फबाट त्रिलोचन सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।

संस्थाका सचिव युवराज ढकालले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा संस्थाको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको छ । प्रदेशसभाका सांसद् एकराज कार्कीले रिबन काटेर नयाँ भवनको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )