झापामा बस दुर्घटना

झापा ।  झापाको कमल गाँउपालिका –७ स्थित ठुलो बाह्रघरेस्थित एकता टोलमा आइतबार दिउसो यात्रुबाहक बस दुर्घटना हुदाँ चालकसहित ६ जना घाइते भएका छन् ।

दमकबाट यात्रु लिएर गौरादहको बालुबथान तर्फ जादै गरेको मे १ ख २५२२ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो साढे १२ वजे ब्रेक फेल भई दुर्घटना भएको थियो । बसको स्टेरिङ्ग लक भएपछि बस सडक छेउको नालीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बसका ३६ बर्षीय चालक राजन खड्का, कमल गाँउपालिका –७ की १८ बर्षीया इन्दिरा भण्डारी, ६५बर्षीया डिल्लीमाया तामाङ, २१ बर्षीया कला तिम्सिना , गौरादह नगरपालिका वडा नम्बर ५की ३७ बर्षीया चन्द्रकुमारी नेम्वाङ र ६७ बर्षीया मनमाया कार्की घाईते भएका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घाइते सबैको दमक हस्पिटलमा उपचार भइरहेको छ । घाइते सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाईएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )