श्रीमतीको हत्या आरोपमा पक्राउ
बिर्तामोड । श्रीमती शान्ति टुडूको हत्या आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–९ निवासी ४६ वर्षीय देवान टुडूलाई पक्राउ गरेको छ ।
पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडूलाई मंगलवार सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
पक्राउ परेका टुडूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS Affiliate