स्कुटरले ठक्कर दिँदा एक वृद्धको मृत्यु

मोरङ ।  मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।

पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६ गते दिउँसो १ बजे बा ५४ प ४५८८ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय लालबहादुर चौहानको बुधबार राति उपचारका क्रममा नोबेल अस्पताल, विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )