नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्दै

काठमाडौं ।  चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)का लागि पहिलो अनुमति पाएको नेपाल टेलिकम (एनटिसी)ले चालु आर्थिक वर्ष (आगामी ६ महिना) भित्र देशैभर सेवा विस्तार गर्ने तयारीमा जुटेको छ ।

गत वर्ष नेपाल दूरसञ्चार प्राधिकरणबाट ’फोरजी’को लागि अनुमति पाएसँगै टेलिकमले काठमाडौं र पोखरामा पुस १७ गतेबाट ’फोरजी’ विस्तार गरेको हो ।

टेलिकम चालु आर्थिक वर्षभित्र अहिले देशैभर विस्तार गर्ने अभियानमा जुटेको नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीले बताइन् ।

‘हामीले विश्वमा भित्रिएको नयाँ प्रविधि जतिसक्यो छिटो भित्र्याउन आवश्यक छ, फोरजी हामीले भित्र्याइसकेका छौँ, अब एकसाथ देशभर चलाउछौँ’ राजभण्डारीले भनिन् ।

उनले यसै आर्थिक वर्षभित्र देशभर एकसाथ फोरजी सञ्चालन गर्ने गरी नेपाल टेलिकम तयारीमा जुटेको बताएकी छन् ।

‘अब कहाँ, कैले भन्ने कुरै छैन, देशैभरका कुना कन्दारामा एकै पटक, एकै साथ सेवा सुरु गर्छौ ंभण्डारीले भनिन् ’ यसै आर्थिक वर्षभित्र सक्ने गरी लक्ष्य बोकेर काम अघि बढाएका छौँ ।’ सेवा विस्तारका लागि टेलिकमले नेटवर्क, बिटिएस र टावर थप गर्ने प्रकिया सुरु गरेको छ ।

यसका लागि टेलिकमले विश्वव्यापी रूपमा टेण्डर आह्वान गरिसकेको छ ।

एनटिसीका अधिकारीहरुका अनुसार करिब ३२ अर्बको (अनुमानित) लागत मानेर खुलाइएको टेण्डरमा करिब १८ अर्ब बराबरको प्रस्ताव आएको छ । ए

एलटिइ कोर नेटवर्क याम,बिटिएस गरी दुई भागमा बाँडेर गत साता दुई दिन सोमबार र बुधबार टेण्डर खुलाइएको थियो । यो नेटवर्क विस्तारपछि हाल तेस्रो पुस्ता (थ्रिजी) र दोस्रो पुस्ता (टुजी)को मोबाइल सेवा नेटवर्क रहेको ठाउँमै फोरजीको नेटवर्क पनि रहनेछ । टेलिकमले भर्खर टेन्डर खोलेकोले प्रविधिक तथा वित्तीय प्रस्तावको अध्ययनपछि सम्झौताको प्रक्रिया अगाडि बढाउनेछ ।

‘टेण्डर आह्वान काम हामीले गरिसकेका छौँ, परेका टेण्डरमा अध्ययनपछि सम्झौता प्रकिया अघि बढाउने र काम पनि सुरु गर्नेछौँ’ कार्यकारी निर्देशक राजभण्डारीले भनिन् ।

उनका अनुसार लङ टाइम इभोलुसन नेटवर्क विस्तार गरी सातै प्रदेशका सबै ठाउँमा फोरजी सेवा विस्तार हुनेछ । योपछि टेलिकम भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भोओएलटी) सेवा ल्याउने योजनामा छ ।

नेटवर्क विस्तारपछि सातै प्रदेशमा यो सुविधा उपभोक्ताले पाउनेछन् ।

नयाँ प्रविधिमा गएपछि उपभोक्ताहरूले फोन गर्दा अहिलेभन्दा कम अवरोध पाउने टेलिकमले जनाएको छ । हाल प्रचलनमा रहेको वाइम्याक्स, सिडिएमएजस्ता प्रविधिको ठाउँमा लङ टाइम इभोलुसन (उच्च गुणस्तरीय) नेटवर्कमा आम उपभोक्तालाई जोड्ने योजनाअनुरूप आयोजना अगाडि बढाइएको राजभण्डारीले जानकारी दिइन् ।

आयोजना सम्पन्न भएसँगै देशभर लङ टाइम इभोलुसन नेटवर्क पुग्ने र त्यसपछि आउने फाइभजी जस्ता सेवा पनि त्यही नेटवर्कबाट अपग्रेड गर्न मिल्नेछ ।

‘आयोजना सम्पन्न भएपछि हामीलाई देशैभर फोरजी विस्तार मात्रै होइन, भोलि फाइबजी विस्तार गर्नका लागि पनि यसैले काम गर्नेछ’ भण्डारीले भनिन् ।

थ्रिजीको तुलाना फोरजीमा १० गुणा द्रुत गतिमा इन्टरनेट चलाउनुपर्ने भए पनि तत्काललाई ३ गुणा छिटो इन्टरनेट चल्नेछ । थ्रिजीमा १२ एमबिपिएसको गतिमा इन्टरनेट चल्छ भने फोरजीमा ३२.४ एमबिपिएस र व्यावसायिक सुरुआतपछि ४० एमबिपिएसमा इन्टरनेट चल्नेछ ।

टेलिकमले ग्राहकको समस्या सम्बोधन गर्दै गुणस्तरीय सेवा, नेपालभरी सर्वसुलभ नेट गराउने अभियानमा लागेको प्रतिक्रिया राजभण्डारीको छ । ’अप्टिकल फाइबरबाट इन्टरनेट सेवा दिनुपर्ने हुन्छ, अप्टिकल फाइबर बढाएका छौँ, अब ग्राहकलाई कुनै अवरोध हुँदैन’ राजभण्डारीले भनिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )