वैदेशिक रोजगारीको लोभ देखाएर ३ करोड ठगी गर्ने पक्राउ
झापा । रोजगारीको लागि जापान, अमेरिकालगायतका देशमा पठाउने प्रलोभन दिँदै करोडौँ ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नुवाकोट थानपतीका ३९ वर्षीय पारस लोहनी हुन् ।
उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौं–१६ सोह्खुट्टेबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले फ्रान्स, जापान, सिंगापुर, अमेरिकालगायतका देशहरूमा पानीजहाजमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाख रुपैयाँसम्म लिएका थिए ।
उनले ३३ जनाबाट २ करोड ७५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS Make Money Online