अब बिर्तामोडमै पाइन्छ विश्वव्यापी लोकप्रिय गाडी

बिर्तामोड ।  निशान ब्राण्डका गाडीको नेपालको लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले वहुचर्चित एवम् विश्वव्यापी लोकप्रिय गाडी कम्प्याक्ट एसयुभी न्यू टेरानो सार्वजनिक गरेको छ ।

मेची अञ्चलका लागि निशानको आधिकारीक बिक्रेता बिर्तामोडको भद्रपुर रोडस्थित केशरीचन्द भन्वारलालले शुक्रबार पत्रकार सम्मेलन गरी बिर्तामोडमा न्यू टेरानोको बिक्री सुरु भएको जनाएको हो ।

केशरीचन्द भन्वारलालका निर्देशक केशव वंशलका अनुसार न्यू टेरानो गाडीमा २२ नयाँ आकर्षक विशेषता छन् । ती विशेषताले स्मार्ट र बोल्डको अनुभूति ग्राहकलाई दिलाउने उनले बताए ।

गाडी शानदार बनोटका साथै आन्तरिक सजावटहरु अतुलनीय रहेको वंशलको भनाइ छ ।

न्यू टेरानोको मूल्य ४२ लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध रहेको पत्रकार सम्मेलनमा जनाइयो । केशरीचन्द भन्वारलालका निर्देशक रोनक वंशलले गाडी खरिद गर्नेलाई एक लाख ५० हजार रुपैयाँ छुट दिइने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै केशरीचन्द भन्वारलालका निर्देशक वंशलले भने, ‘ग्राहकको इच्छा र मूल्य मान्यतालाई पूरा गर्ने हाम्रो प्रतिबद्धता द न्यू निशान टेरानोले पूरा गर्नेछ ।’

निशान टेरानो एकदमै उत्कृष्ट इञ्जिनियरिङ तथा आकर्षक र बलियो डिजाइनमा निर्माण गरिएको बताइएको छ । यसमा उपलब्ध सुविधा र यसको बनावटले जुनसुकै किसिमको सडकमा पनि आरामदायी यात्रा गर्न सकिन्छ ।

उत्पादक कम्पनी निशान मोटरले १ वर्ष वा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ । नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले भने थप २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

मेची अञ्चलका ग्राहकलाई ध्यानमा राख्दै केशरीचन्द भन्वारलालले बिर्तामोडमा सुविधायुक्त सर्भिस सेन्टरसमेत सुरु गरिसकेको छ । केशरीचन्द भन्वारलालका निर्देशक वंशलले भने, ‘एक वर्षमा ५० वटा गाडी बेचिसक्ने हाम्रो लक्ष्य हो ।’

कार्यक्रममा कम्पनीका प्रतिनिधि प्रशान्त उपाध्यायको समेत उपस्थिति थियो । पत्रकार सम्मेलनको सञ्चालन केशरीचन्द भन्वारलालका मेनेजर तीर्थराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )