एक झापालीको कतारमा ज्यान गयो

विर्तामोड ।  झापा गोलधापका एक व्यक्तिको कतारमा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीमा कतार गएका गोलधापका ४६ वर्षीय मातृकाप्रसाद दाहालको मृत्यु भएको हो ।

राती दुई बजेसम्म साथीहरुसँग गफ गरेर सुतेका दाहालको सुतेकै ठाँउमा हृदयघातका कारण मृत्यु भएको मामा रुद्र खनालले जानकारी दिएका छन् ।

दाहालको हृदयघातका कारण ज्यान गएको अस्पतालले पुष्टि गरेको खनालले बताए ।

मृतक दाहाल २०६३ सालमा वितामोडस्थित अञ्जली ओभरसिजबाट गल्फ कन्ट्राक्टिङ कन्ट्रक्सन कम्पनीमा रोजगारीका लागि कतार गएका थिए । उनका श्रीमती र तीन छोरी छन् ।

शवको पोष्टमार्टम भइसकेको र सोमबारसम्ममा शव नेपाल ल्याउन कतारमै रहेका कान्छा भाई माधवले प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )