सस्तोमा सुन दिने भन्दै ठगी गर्ने चारजना पक्राउ

काठमाडौं ।  बजारको भाउभन्दा कम मूल्यमा सुन दिने भन्दै विभिन्न ठाउँमा ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तो धन्दा गर्ने चार जनालाई सीआइबीले माघ २५ गते उपत्यकाका विभिन्न पक्राउ गरेको हो ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले ठगी गर्ने व्यक्तिलाई खोजि गरेको थियो ।

उनीहरुले पीडितबाट पैसा उठाएर सुन नल्याइदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ पर्नेमा धादिङका ३२ वर्षका नरेन्द्र महरा, दार्चुलाका ३३ वर्षका इन्द्रसिंह धामी, दार्चुलाका ३२ वर्षका भुपेन्द्रसिंह धामी, चितवनका २४ वर्षका भरतविलास पराजुली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट २० लाख ५० हजार नगदसहित स्विफ्ट गाडी पनि बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )