पाथीभरा पर्यटन महोत्सव शुरु

ताप्लेजुङ । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन मंगलबारदेखि शुरु भएको छ ।

‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव शुरु भएको हो ।

पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्र्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य प्रताप प्रकाश हाङगामले परेवा उडाएर कलशयात्राको उद्घाटन गरेका थिए ।

महोत्सवमा खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति तथा विभिन्न झाँकी प्रदर्शनी गरिनेछ ।

पाथीभरा म्याराथन महोत्सवको अन्तिम दिन फागुन ३ गते गरिने आयोजकले जनाएको छ ।

तीन हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड प्रतियोगिता हुनेछ । पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्त रुपमा उक्त महोत्सवको आयोजना गरेका हुन् ।
–––

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )