सन्दीपको प्रदर्शनमा दिल्लीको ट्विट

पछिल्लो समय दिल्ली डेयर डेभिल्सको केही कुरामा बढी चासो छ भने सन्दीपको प्रदर्शनमा छ ।

किनकि उसले आफ्नो सक्रियता ट्विटरमार्फत देखाइरहँदा लाग्छ, अब दिल्लीले सन्दीपलाई वास्तविक हिरो मानिसकेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्लबमा अनुवन्धन गरेपछि दिल्ली सन्दीपको हरेक कुराको ट्विट गर्ने गर्छ ।

तर दिल्लीले जब सन्दीपको अनुवन्धन भयो, त्यसमा एकछत्र रूपमा दिल्लीमाथि अनेकन शंकाहरू गरिए ।

एसोसिएटेड देश, जो विश्वकप छनोट खेल्नमा नै संघर्ष गरिरहेको छ, त्यस्तो देशको खेलाडीलाई आइपिएल ल्याउने दिल्लीबाट त के अपेक्षा गरिएला र ! भन्नेसम्मको आरोप उसले खेप्नुर्पयो ।

यसबाट मुक्ति पाउन पनि उसलाई डिभिजन टुमा सन्दीपले खेलिरहेका हरेक खेल निर्णायक मात्र छैनन्, दिल्लीमाथि नियमित प्लेइङ लिस्टमा राख्नुपर्ने दबाब बढ्दो छ ।

नेपालले नामिवियाविरुद्धको पहिलो खेल अगावैदेखि दिल्लीले सन्दीपको बारेमा ट्विट सुरु गरेको थियो । त्य

सपछि पनि सन्दीपले कति विकेट लेलान् भन्ने प्रश्न समर्थकलाई छाड्छ भने खेल सकिइसकेपछि सन्दीपको स्पेलको तारिफसहितको तथ्यांक ट्विट गर्छ ।

दिल्लीलाई आफू कति क्षमतावान् छु भन्ने कुराको प्रमाण पनि सुरुवातबाटै सन्दीपले निरन्तर दिइरहेकै छन् । प्रतियोगिताको पहिलो खेलमा नामिवियाविरुद्ध ४ विकेट लिएर म्यान अफ द म्याच घोषित भएका सन्दीपले सोही लयलाई निरन्तरता दिन सफल भए।

ओमानविरुद्ध पनि सन्दीपले आफ्नो लगातार विकेट लिने क्रमलाई निरन्तरता दिंदै २ विकेट लिए पनि नेपाल जित्न भने असफल रह्यो ।

सन्दीपले आफ्नो उत्कृष्ट स्पेललाई निरन्तरता दिँदै पछिल्लो खेल केन्याविरुद्ध थप तिखारे । केन्या ५ पटक विश्वकप खेलिसकेको देश हो, जसले पनि नेपाललाई मानसिक दबाब स्वाभाविक थियो । तर सन्दीपले आफ्नो बलिङ जादू चलाएपछि १ सय ७७ रनमा केन्या समेटिएको थियो ।

युएईविरुद्ध खेल वर्षाले प्रभावित भएपछि ३४ ओभरमा घटाइएको खेलमा पनि उत्कृष्ट बलिङ गर्दै सन्दीपले ७ ओभर बलिङ गर्दै ३० रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए । त्यस खेलमा नेपालले ४ विकेटको जीत निकालेको थियो ।

प्रतियोगिताको चौथो खेल केन्याविरुद्ध १० ओभर बलिङ गरेका सन्दीपले २० रन मात्र दिएर ५ विकेट लिँदै करिअरकै उत्कृष्ट बलिङ फिगर तयार पारे ।

त्यही कारण प्रतियोगितामा दोस्रो पटक प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगितामा खेलहरू भइरहँद सन्दीपको जादूले दिल्लीलाई हौसला दिएको छ । साथमा फ्यान फलोइङमा दिल्लीले फड्को मारेको छ ।

कुनै एक खेलमा सन्दीपले मौका पाएमा प्रमाणित गर्नेमा दिल्ली विस्तारै आश्वस्त हुँदै गएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )