कहाँ बस्छन् शेरधन ? विराटनगर कि इटहरी ?

विराटनगर ।  प्रदेश १ सगरमाथा समेत समेटिएर बनेको छ । अनि यहाँका मुख्यमन्त्री शेरधन राईका चुनौतीहरुको पहाड पनि सगरमाथा भन्दा होचो छैन ।

मुख्यमन्त्रीका चुनौतीहरु के के हुन् र उनका लागि अवसरहरु के कस्ता छन् भन्नेबारे पक्कै पनि बहस हुँदै जाला ।

तर, यहाँ चर्चा गर्न खोजिएको छ, प्रदेश १ को स्थायी राजधानी कहाँ रहला ? इटहरी कि बिराटनगर ? या धरान वा अरु नै ठाउँमा ?

हाल सरकारले विराटनगरलाई प्रदेश १ को अस्थायी राजधानी तोकेको छ । प्रदेशको स्थायी राजधानी तोक्ने जिम्मा प्रदेशसभाको हो ।

प्रदेशसभामा एमालेको एकल बहुमत छ र माओवादी पनि मिसिँदा प्रदेशको राजधानी तोक्ने सक्ने मत पुग्छ ।

प्रदेशको विकास र समृद्धिका लागि राजधानीको निर्धारण पहिलो शर्त हो मुख्यमन्त्री शेरधन राईका लागि ।

र, उनको पहिलो चुनौती पनि राजधानीको सुनिश्चिता नै हो । यस प्रदेशको अहिलेको सघन मुद्दा पनि राजधानी नै हो ।

प्रदेशको स्थायी राजधानी कहाँ राख्नुहुन्छ भन्ने प्रश्नमा मुख्यमन्त्री राईले भने( ‘हामी विषयमा प्रवेश गरेपछि उपयुक्त ढंगले राजधानी तोक्छौं ।’

मुख्यमन्त्री राईले उपयुक्त ढंगबाट राजधानी तोक्ने बताए पनि उनको छनोट भनेको धनकुटा, धरान, इटहरी र विराटनगरमध्ये कुनै एउटा नै हो । यसबारे निर्णय लिनका लागि मुख्यमन्त्री र प्रदेश १ मा सबै ९३ सांसदहरुमा पर्याप्त छलफल र बहसको खाँचो देखिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )