गुडिरहेको गाडीको डिकीमा भेटियो सनमको शव

बिराटनगर । मोरङका एक युवकको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ परेको छ ।

मोरङ उर्लावारी ७ का ३३ वर्षीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए ।

उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्या मार्गमा चेकजाँच गरेको थियो ।

त्यसक्रममा बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा शाक्यको शव भेटिएको छ । डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरेर राखेको अवस्थामा शव भेटिएको छ ।

मृतकको शरीरमा निलडाम भेटिएको छ । सुन तस्करीको विषयमा लेनदेन नमिलेका कारण सनमलाई सिराहाबाटबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ परेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )