बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

पाँचथर । पाँचथरमा एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा वडा सदस्य पक्राउ परेका छन् ।

फालेलुङ गाउँपालिका–६ का सदस्य कमल गुरुङ पक्राउ परेका हुन् ।

पीडित महिलाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )