बिर्तामोड मिडटाउन रोटरी र रोट्रयाक्टको पदस्थापन

बिर्तामोड मिडटाउन रोटरी र रोट्रयाक्टको पदस्थापन

बिर्तामोड । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने अन्तरस्ट्रिय नाराका साथ बिर्तामोड रोटरी र रोट्रयाक्ट मिडटाउनमा पदस्थापन र हस्तान्तरण सम्पन्न कार्यक्रम सम्पन्न भएको छ ।

जस अन्तर्गत ‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौ, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको चौथो र इन्ट्राक क्लव अफ देवभूमि’को दोश्रो पदस्थापन कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको हो ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्ष पदमा शुभकुमाई पाठक, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको अध्यक्षमा सन्नी गोयल र इन्ट्राक क्लव अफ देवभूमिका अध्यक्षमा देव शर्मा चयन भएका छन् ।

कार्यक्रममा उच्च मनोबल सहित स्थापना भएको क्लबले छोटो समयमै समाजमा उदाहरणका रुपमा प्रस्तुत भएको भन्दै डिष्ट्रिक गभर्नर (डिजी) चिन्तामणी भटराईले प्रशंशा गरेका थिए।

कार्यक्रमका प्रमुख अथिति डिस्ट्रिक गर्भनर चिन्ता मणि भट्टराईले २०१८र१९ का अध्यक्ष शुभ कुमाई पाठक लाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोटरी सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

त्यस्तै गरी कार्यक्रममा रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनका सस्थापक अध्यक्ष शरद जोशीले वर्ष २०१८ । १९ का अध्यक्ष सन्नी गोयललाई माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत रोट्रयाक्ट सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष गोयलले आफ्नो टिमको परिचय र पदस्थापना गराएका थिए ।

इन्ट्राक क्लव अफ देवभूमिका अध्यक्षमा देव शर्मालाई भने रोट्रयाक्ट क्लव बिर्तामोड मिडटाउनकि वर्ष २०१७(१८ कि अध्यक्ष प्रियंका शर्माले माइन्यूट, चार्टर प्रमाणपत्र, कोलार माला लगायत इन्ट्राक सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष देव शर्माले आफ्नो टिमको परिचय र पदस्थापन गराएका थिए ।

कार्यक्रममा बिशिस्ट अथिति डिस्ट्रिक गर्भनर रोटारियन चिन्तामणि भट्टराई, प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख धु्रब कुमार शिवाकोटी, पि.डि.जी दिपेन्द्रराज श्रेष्ठ, ए.जी किशोर पराजुली डि.आर. सी.सी मेम्बर शरद जोशी लगायत रहेका थिए ।
कार्यक्रमको संचालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सचिव दिनेश पोखेरलले गरेका थिए भने स्वागत मन्तब्य रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकै दोस्रो उपाध्यक्ष दिपेन्द्र पोखरेलले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )