चिया मजदुरका नाममा झारा टार्ने पत्रकार सम्मेलन

चिया मजदुरका नाममा झारा टार्ने पत्रकार सम्मेलन

बिर्तामोड । राजनीतिक दलका भातृ संगठनकारुपमा रहेका चिया क्षेत्रमा कार्यरत श्रमिकहरू संगठनहरुले फेरि एकपटक झारा टार्ने प्रकृतिको पत्रकार सम्मेलन गरेर औपचारिकता निर्बाह गर्ने कोशिस गरेका छन् ।

चिया मजदुरहरुको न्युनतम पारिश्रमिक कार्यन्वय नभएका भन्दै पत्रकार सम्मेलन मार्फत संघर्ष र बिरोधका कार्यक्रम अगाडि बढाएका चिया क्षेत्रमा कृयाशिल ३ वटै चिया श्रमिकका नेताहरु आफै भने कुनै पनि बगानका मजदुर होइनन् । उनीहरु राजनीतिक दलहरुका भातृ संगठनका नेताका रुपमा चिनिन्छन् ।

केन्द्रीय समिति र ३ वटै महासंघले सयुक्त पत्रकार सम्मेलन गरी प्रथम चरणको आल्दोलनको घोषणा गरेको जनाएर पत्रकारहरुलाइृ बोलाएर फेरि पनि सहयोग गरिदिन आग्रह गरे ।

उनीहरुले बगानहरुमा कालो झण्डा गाड्नेदेखि ब्यानर राख्नेसम्म, बिरोध र्यालीदेखि कोणसभा गर्ने र त्यस पनि पनि केही पार नलागेमा भदौ २३ गते पछि थप योजना ल्याउने जनाएर मजदुरहरुलाई चित्त बुझाउने प्रयास गरेका छन् ।

बिगतमा पनि यस खाले आन्दोलनका नाममा घोषणा हुने तर त्यसको कार्यान्बयनमा नेतृत्व नै चिया मालिकको पक्षमा लम्पसार भएर लाग्ने गरेका दृष्टान्तहरु पर्याप्त छन् ।

यतिसम्मकी आफैले घोषणा गरेका कार्यक्रमका बिरुद्धमा अभिब्यक्ति दिनेदेखि खिलापमा लाग्नेसम्मका र पैसा खाएर आन्दोलन तुहाउने घटना पनि नभएका होइनन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )