हाम्रो नेपाल साकोसको साधारणसभामा बिशेष सम्मान हुने

हाम्रो नेपाल साकोसको साधारणसभामा बिशेष सम्मान हुने

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी सस्था झापाले छैठौं बार्षिक साधारण सभाको अवसरमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र मेची सहकारी संस्था दमकका ब्यवस्थापक खोम बगालेलाई बिशेष सम्मान गर्ने भएको छ ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा जिल्ला भर कार्यक्षेत्र रहेको हाम्रो नेपाल साकोसले मंगलवार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक प्रतिवेदन पनि सार्वजनिक गरेको छ।
२०६९ सालमा स्थापना भएको र ५ बटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको संस्थाको बार्षिक प्रतिवेदन सार्वजनिक झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।
पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष भवानी दंगाालले संस्थाको भाद्र २२ गते छैठौ साधारणसभा हुन लागेको जानकारी दिएका थिए ।
उनका अनुसार छैठौं साधारसभा अतिथिका रुपमा सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल र सहकारी बैँकका अध्यक्ष रमेश पोखरेल आउने कार्यक्रम छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )