बर्नेमा गुड्खा, मादक पदार्थ बन्देज !

बर्ने । बुद्धशान्ति गाउँपालिका श्री माध्यमिक विद्यालय बर्नेका विद्यार्थीहरुले विद्यालय आसपासमा गुड्खा, मादक पदार्थ र सुर्तिजन्य वस्तु बिक्री वितरण नगर्न सचेतना कार्यक्रम गरेका छन् ।

विद्यालयमा रहेको स्वर्णिम वाल क्लबले आयोजना गरेको कार्यक्रममा विद्यालय क्षेत्रको १०० मिटर आसपास मादक पदार्थ, गुड्खा तथा सुर्तीजन्य बस्तुको बेचविखन नगरौं, सभ्य समाजको निर्माण गरौ भन्ने प्लेकार्ड सहित बर्ने बजार परिक्रममा गरिएको थियो ।

विद्यालय प्राङगणबाट सुरु भएको र्यालील पिपलचोकमा आएर सचेतना सभामा परिणत भएको थियो । सचेनता सभालाई बोल्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रुद्र भण्डारी, आमा समुहकी देबकुमारी शेर्मा, नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, समाजसेवी मनोरथ तिवारी, ज्ञानबहादुर मगर, ट्राफिक प्रहरीका राजकुमार बस्नेत,शिक्षक केसी श्रेष्ठ लगायतले विद्यालय आसपासको वातावरण राम्रो बनाइदिन आग्रह गरेको थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )