गैरराउटेलाई कोटको राजा भन्ने राउटेले आफै लगाए कोट

सुर्खेत । आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
उनीहरुले राउटे समुदायको सामजिकीकरण अभियानअन्तर्गतका कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।
मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालकदेखि वृद्धसम्मका पुरुषले लगाएका थिए ।
प्रतिक्रिया व्यक्त गर्नुस्