अपराध न्युनिकरण गर्न झापामा माघ १ गतेदेखि मदिरा नियन्त्रण

अपराध न्युनिकरण गर्न झापामा माघ १ गतेदेखि मदिरा नियन्त्रण

भद्रपुर । झापामा जिल्लामा हुने अधिकाशं अपराध सम्बन्धीका घटनाहरु मध्ये मदिरा सेवनका कारण सबै भन्दा बढी घटना हुने गरेको जनाइएको छ ।

यही माघ १ गते देखि झापा जिल्लालाई मदिरा व्यवस्थित तथा अवैध मदिरा नियन्त्रण जिल्ला बनाउने उदेश्यले त्यसको तयारीका बारे जानकारी गराउने उदेश्यले आन्तरिक राजश्व कार्यालय मेची, भद्रपुरले शुक्रवार आयोजित पत्रकारसंग गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालका अनुसार झापा जिल्लामा घटेका घटना मध्ये आव ०७४।०७५ मा १६८७ घटना मध्ये ५१२ वटा मदिरा सेवनकै कारण भएको छ, भने चालू आवको साउन देखी हाल सम्म ५७२ घटना मध्ये ८९ वटा घटना मादक पदार्थ सेवनकै कारण भएको हो । अपराध न्युनिकरण गर्न यस अभियानमा लागि परेको उनले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सरोकाराबाला निकायको सहभागिता रहेको थियो ।

झापामा मदिरा सेवनका कारण घट्ने घटना लाई मध्यनजर गर्दै मदिराको व्यवस्थित कारोवार गराउने तथा अवैध मदिरा नियन्त्रित गर्ने उद्देश्य बमोजिम कार्तिक ७ गते कनकाई नगरपालिकाको कार्यालयमा आयोजित सवै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागितामा माघ १ गते देखि झापा जिल्लालाई मदिराजन्य पदार्थ नियन्त्रित जिल्ला बनाउनको लागि लिखित प्रतिवद्घता सहितको १२ वुदे घोषणा पत्र जारी भइसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )