मेची बहिरा संघमा नयाँ नेतृत्व

मेची बहिरा संघमा नयाँ नेतृत्व

बिर्तामोड । मेची बहिरा संघको १६ औ बार्षिक साधारण सभा तथा छैठौ (संघिय प्रथम) महाधिवेशन सम्पन्न भएको छ ।

जसले गणेश पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा बिमल प्रसाई, महासचिबमा हरी अधिकारी, सचिबमा ओमप्रकाश संग्रौला, कोषाध्यक्षमा पबित्रा निरौला र सदस्यहरुमा शोभा निरौला, तुलसी बर्देवा, सन्तोष खनाल र सरिता घिमिरे रहेका छन् ।

सो साधारण सभाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुब शिबाकोटीले उद्घाटन गरेका थिए ।
सो अबसरमा बोल्दै शिबाकोटीले मेची बहिरा संघको माग प्रति नगरपालिका सचेत रहेको बताउँदै यसै बर्षदेखि नगरपालिकामा एकजना दोभासेका लागि दरबन्दीको ब्यबस्था गर्ने बचन दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य दिँदै बडा नं १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले बहिराहरुको समूह निर्माण गरेर उनीहरुलाई आत्मनिर्भर बनाउन बडाले पहल गर्ने जानकारी दिएको कार्यक्रम संघका अध्यक्ष यदू अधिकारीको अध्यक्षतामा भएको थियो ।

त्यस अबसरमा राष्ट्यि बहिरा महासंघका अध्यक्ष केपी अधिकारी र बिर्तामोड अपांग स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाले स्थानीय तहले अपांगहरुको बजेट कटौति गरेकोमा गुनासो गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )