अब नगरपालिकाले फोहोर किन्ने

इलाम । इलाम नगरपालिकाले वातावरणको स्वच्छता कायम गर्नका लागि प्लाष्टिक जन्य फोहोर किनिदिने भएको छ । नगरपालिकाले प्रतिकिलो १५ रुपैयाँका दरले प्लाष्टिकजन्य फोहोर खरिद गर्ने भएको हो । माघ १ गतेबाट प्लाष्टिक जन्य फोहोर किन्न व्यवस्था गरिएको नगरप्रमुख महेश बस्नेतले बताउनुभयो ।

नगरपालिकाले पोलिथिन झोला बाहेक खानेपानीको बोतल, खाद्यबस्तुको प्याकेजीङमा भएको प्लाष्टिक लगायतका फोहोर खरिद गर्ने भएको हो ।फोहोर अहिले स्टोर गरी त्यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ र अलकत्र बनाउने योजना नगरपालिकाको छ ।पूर्वमा प्लाष्टिक प्रशोधन गर्ने प्लान्ट राख्न प्रदेश सरकारसहित अन्य नगरपालिकाले तयारी गरिरहेको र प्लान्ट स्थापनापछि प्रशोधन गरिने छ ।

सिसाजन्य फोहोरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । इलाम नगरपालिकामा दैनिक सात टन फोहोर निस्कन्छ । त्यो मध्ये करिव १० प्रतिशत प्लाष्टिजन्य फोहोर हुन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )